पाँच लाख भारुको थप्पड !

पाँच लाख भारुको थप्पड !


govinda_6
सन् २००८ मा सन्तोष राय नाम गरेका युवकलाई थप्पड मारेका बलिउड अभिनेता गोविन्दाले थप्पडको मूुल्य पाँच लाख भारु तिर्नुपर्ने भएको छ । त्यति मात्रै नभएर बिनासर्त सन्तोषसँग माफी माग्न सुप्रिम कोर्टले निर्देशन दिएको छ गोविन्दालाई । पत्रकारहरूसँग कुरा गर्दै गोविन्दाले न्यायालय र फ्यानको सम्मान गर्छु भन्दै अदालतको आदेश आफूलाई स्वीकार्य भएको बताए । सुप्रिम कोर्टले गोविन्दालाई प्रश्नसमेत गरेको थियो, ‘तपाईं हिरो हो भने निर्दोषलाई किन थप्पड मार्नुहुन्छ ?’ बलिउडकर्मीहरूका अनुसार गोविन्दा र सन्तोषको सम्बन्ध पुरानै हो । कङ्ग्रेस पार्टीका सांसदसमेत भएका गोविन्दाले चाँडै नै सन्तोषलाई भेटेर अदालतको आदेशको पालना गर्ने बताएका छन् ।