दीपाले गर्लिन् त निर्देशन ?

दीपाले गर्लिन् त निर्देशन ?


deepa-shree-niraula
‘छ भने माया छपक्कै लाइदेऊ’ निर्देशन गर्छु भनेर भनेकी नायिका दीपाश्री निरौलाले चलचित्रको नाम जुराएकी छिन् ‘लप्पनछप्पन’ । सरस्वती पूजाको अवसरमा उनले आफूले निर्देशन गर्ने फिल्मको नाम सार्वजनिक गरेकी हुन् । निर्माणमा उनको समेत संलग्नता रहेको अघिल्ला दुई सिनेमा ‘६ एकान ६’ र ‘वडा नं. ६’भन्दा लप्पनछप्पन फरक हुने दीपाको भनाइ छ ।

‘हामीले बनाएका अघिल्ला दुई फिल्मको तुलनामा यसको विषय फरक छ । हामी दर्शकलाई मज्जाले हसाउँछौँ,’ दीपा भन्छिन् । आमा सरस्वती मुभिज र गीतादेवी फिल्मस्को ब्यानरमा बन्ने यस फिल्ममा दीपकराज गिरी, निर्मल शर्मालगायतको टिम हुने बताइएको छ ।