सुशीलदा साधारण थिए, त्यसैले असाधारण भए

सुशीलदा साधारण थिए, त्यसैले असाधारण भए


Diwakar Bagchand
:: दिवाकर बागचन्द ::

सुशील कोइरालासँगको मेरो परिचय म नेपाल टेलिभिजनमा काम गर्दाखेरी भएको हो । दाजु पोषण केसीले मलाई सुशीदा सँग चिनाइदिनु भएको हो । त्यसपछि थुपै पटक उहाँलाई भेट्ने मौका पाएँ । यहाँ मलाई ‘तँ’ नै भन्नुहुन्थ्यो । उहाँले तँ भन्दा गैरवान्वित हुन्थे म, न्यानो पर महसुस गर्थें । अन्तिमपटक उहाँसँग मेरो भेट न्युयोर्कमा भएको हो । उहाँ क्यान्सर इलाजका लागि आउनुभएको थियो । उहाँसँग मृदुला दिदिको निवासमा भेट भएको थियो फोटो खिचौँ भन्दा उहाँ सहर्ष तयार हुनुभयो । फर्कन लाग्दा मलाई उहाँले भन्नुभयो– रक्सी धेरै नखाएस् । म चकित भए । हात जोडेर भागेँ ।

सुशीलदाले गाली गर्नुहुन्छ भन्ने डरले भागेपछि मेलै फेरि उहाँलाई भेट्ने सौभाग्य प्राप्त गरिनँ । तर सधै पोषण केसी दाजुमार्फत उहाँको जीवनका बारेमा धेरै कुरा जान्ने मौका पाएँ । आज उहाँको मृत्यु पछि उहाँको प्रशंसामा थुपै कुरा लेखिएका छन, भनिएका छन् । उहाँको प्रशँसा गरेर महापुरुष बनाउने होडमा सामेल हुने इच्छा म मा थिएन, छैन पनि । शुशिलदा हामी जस्तै साधारण मान्छे थिए । तर हामी सवै भन्दा अलग थिए । लोकतन्त्र प्राप्ती र त्यसलाई संस्थागत गर्न अनवरत लागी रहे । लोकतन्त्रका लागी परिवार बनाएनन् । धन, सम्पति आर्जन गर्ने लोभ उनमा कहिलै जागेन । शब्दसँग खेल्न उनले जानेनन् त्यसैले उनले कसैको भावनासँग पनि खेलेनन् । संविधान वन्नु पर्छ जनातको धैर्य टुटन लाग्यो भन्ने बुझे प्रचण्ड र आलीसँग सँगै उभीए । यी तीन जनाको कारण संविधान भन्यो ।

Diwakar Bagchand With Sushilda
संविधानसँग धेरै जना खुशी नहुन सक्छन तर यो समयको माग थियो । शुशिलदाले यो जोखिम पनि लिए । शुशिलदा हक्की हुनुहुन्थ्यो । उहाँमा डर थिएन । यो निडरता उहाँको सादगीको नतिजा थियो । सादगीमा यति तागत हुदो रहेछ की शुशिलदा जस्ता साधारण मान्छे असाधारण वन्न पुगे । उनी असाधारण यस अर्थमा भए की उनले सादगीको बलमा देशको सर्वोच्च कार्यकारी पद हासिल गरे । जसको उनलाई चाहना पनि थिएन उनी प्रधानमन्त्री रहदा विगतका प्रधानमन्त्री भन्दा खासै भिन्न काम गर्न सकेनन त्यो भनिरहन पर्दैन । तर उनको सादगी देशको शक्ति बन्नुपथ्यो । जसरी गान्धीको सादगीको पछाडि पुरा हिन्दुस्तान लाग्यो । त्यो यहाँ हुन सकेन । हामीले जिवीत रहँदा उहाँको आलोचनामै धेरै समय खरचेउ । उहाँलाई हामीले भन्न सक्नु पथ्र्यो तपाइको सादगी तपाइको शक्ति हो ।

यसको प्रयोग गर्नुहोला । तपाईको सादगीको सार्थकता तव हुनेछ जव तपाई जस्ता हजारौ शुशिलदा तयार हुनेछन् । सायद यसो भनेको भए वृद्ध अवस्थामा उहाँलाई थप उर्जा मिल्थ्यो की । देशको राजनितिक शैली बदलिन्थ्यो की रु शुशिलदा बाच्ने बेलासम्म स्टाइलमा बाच्नु भयो । साधारण भएर बाच्नु भयो । यो उहाँको स्टाइल थियो । यो स्टाइल देशको स्टाइल बनोस । उहाँको पार्थिव अवसानको १३ दिनको पुण्य तिथिमा यस प्रशंसक भाईको अश्रुपुर्ण श्रदाञ्जली !