बच्चाहरुलाई सन-बेड प्रयोगबाट प्रतिबन्ध

बच्चाहरुलाई सन-बेड प्रयोगबाट प्रतिबन्ध


लण्डन । ब्यापारीहरुलाई अब १८ वर्षभन्दा मुनिका व्यक्तिहरुलाई सन-बेड (घामको किरणबाट शरीरलाई प्रभाव पारेजस्तै छालाको रंग परिवर्तन गर्ने उपकरण) बिक्रिवितरण गरेको भेट्टाए आजबाट लागू गरिएको नयाँ कानूनअन्तर्गत दोषीपाए २० हजार पाउण्ड जरिमाना गरिनेछ बताइएको छ । सैल्यून, जिम हल, ब्यूटी शप र लेइजर सेन्टरहरुमा उमेर नपुगेका ब्यक्तिहरुलाई छालाको रंग गाढा गर्ने उपकरणहरु र समानहरु प्रयोग गर्नबाट रोक लगाएको छ । सन-बेड प्रयोग गर्ने क्षेत्रबाट पनि कम उमेरकाहरुलाई प्रवेश निषेध गरिनेछ । सन-बेड्स (रेगुलेशन) एक्ट २०१० अन्तर्गत ती क्षेत्रहरुमा प्रवेश गर्नेहरुलाई दर्ता गर्न वा प्रमाणपत्र प्रस्तुत गर्नकोलागि भने कर लगाउने छैन, तर, त्यस क्षेत्रका कौंसिलले बेलाबखत स्थलीय वा पूर्वनिर्धारित तोकिएको समयमा जाँच गर्न सक्नेछ । यो कानून पछिल्लो हप्तामा अनुसन्धान गरेर क्यान्सरसम्बन्धी प्रकाशित गरेका प्रतिवेदनले ३५ वर्षभन्दा मुनिका २ जना युवाहरु सन-बेड प्रयोग गरेर क्यान्सरको कारणबाट मृत्यु भएकाले तत्काल पारित गरेको थियो ।
छालाको क्यान्सर जस्ता भयानक रोगका कारण बेलायतमा वर्षेनी सयजनाभन्दा बढी मानिसहरुको मृत्यु हुने गर्दछ । औसतन् ६ प्रतिशत ११ वर्षदेखि १७ वर्षसम्मका उमेर भएकाहरुले इङ्गल्याण्डमा सन-बेड प्रयोग गर्दछन् र यसमध्ये आधाजति १५ वर्षदेखि १७ वर्षका केटीहरुले लिभरपुल र सुन्डरल्याण्डमा मात्र सन-बेड प्रयोग गर्छन् । चार्टर्ड इन्सि्टट्युट अफ इन्भाइरोमन्टल हेल्थले यस कानूनलाई स्वागत गर्दै यस कानूनले गहिरिएर बढी क्षेत्र ओगट्नु पर्छ भनेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।