तारा एयरको दुर्घटनाग्रस्त जहाजमा को-को थिए सवार ?

तारा एयरको दुर्घटनाग्रस्त जहाजमा को-को थिए सवार ?


Tara-Air-624x416
बुधबार विहान बिहान पोखराबाट जोमसोमका लागि उडेपछि दुर्घटनाग्रस्त भएको तारा एयरको विमानमा मृत्यु भएका २३ मध्ये १९ यात्रुको शव विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस– २ स्थित सोलीघोप्टे भिरमा फेला पारिएको छ । नाम ठेगाना खुल्न नसकेका दुई बालबालिकाको शव चिन्न सकिने भएपनि अन्य यात्रुको शव भने डढेको अवस्थामा फेला परेको बताइएको छ । उक्त विमानमा दुई बालबालिकासहित २० यात्रु र चालक दलका तीन सदस्य थिए ।

विहान ७ : २० मा पोखराबाट उडेपछि केहीबेरमै बेपत्ता भएको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० यात्रु र चालकदलका तीन सदस्य थिए । भिरमा ठोक्किएर दुर्घटना भएको विमान पूरै जलेको र शव यत्रतत्र छरिएर रहेका अवस्थामा फेलापरेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्मालाई उद्धृत गर्दै बताएको छ ।

दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय बासिन्दाले बुधबार दिउँसो सम्पर्कविहीन विमान म्याग्दीको दाना गाविस–२ स्थित सोलीघोप्टे भीरमा फेला पारेका थिए ।
kuleshwor
विमान दुर्घटनमा परेर मृत्यु हुने चालक दलका ३ सदस्यमा पाइलट रोशन मानन्धर, कोपाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत रहेका छन् भने यात्रुहरुमा रेवती बराल, मुक्तिनाथ बास्कोटा, बिनता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, देवीजंग गुरुङ, फेनजोङ गुरुङ, लक्ष्मी हिराचन, मोतीबहादुर केसी, पवित्रा केसी, लेम्साङ लामा, बालकृष्ण नेउरे, कान्छा परियार, डोल्मा, तेन्जिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, कुवेतका नागरिक म्याक्ससु वाइन्जी, चिनियाँ नागरिक अहमदा रालशेद र नाम नखुलेका दुईजना शिशु रहेका टन् ।