फाउन्डेसनद्वारा तमघासमा शिविर

फाउन्डेसनद्वारा तमघासमा शिविर


kkkk
मानबहादुर, मायाँदेवी श्रेष्ठ फउन्डेसनले गुल्मीको सदरमुकाम तमघासमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौं उपत्यकाको चर्चित विशेषज्ञ टोली तमघास पुर्‍याएर आयोजना गरिएको शिविरमा नौ सय ५० जना बिरामीले नि:शुल्क परीक्षण र औषधि पाएका थिए । नर्भिक, पाटन, वीर अस्पतालबाट विज्ञको टोली तमघास पुगेको थियो । यूएसको मिचिगन सहरमा चिकित्सक पेसा गर्दै आएका डा. सन्दीप कुँवरले समेत शिविरमा सेवा प्रदान गरेका थिए । विगत लामो समयदेखि तमघासमा व्यवसाय गर्दै आइरहेका मानबहादुर श्रेष्ठले यस्ता पुण्य काम यसअघि पनि गर्दै आएका छन् ।

स्वास्थ्य शिविरमा डा. सुदीप शाक्य, डा. अस्विन शाक्य, डा. गरिष्मा बज्राचार्य, डा. सिर्जना महर्जन, डा. सदीक्षा बज्राचार्य, डा. आरती श्रेष्ठ, डा. रोसन पिया, डा. श्रीप्रसाद अमात्य, डा. रूपेश पराजुली, डा. राजेन्द्र श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । चिकित्सकको यो टोलीलाई अञ्जना महर्जन, रस्मिला शाक्य, रेश्मा शाक्य, कृष्टि शर्मा, रेखा बुढाथोकी र बेन्जु क्षेत्रीले सहयोग गरेका थिए । स्वास्थ्य शिविरको समापन कार्यक्रममा बोल्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पैसा कमाउनेको प्रतिस्पर्धा र धनी बन्नेको होडबाजी चलेको वर्तमान अवस्थामा फाउन्डेसनले स्वास्थ्यजस्तो संवेदनशील कार्यलाई महत्त्व दिएर राखिएको शिविर प्रशंसायोग्य भएको बताउनुभयो । मानबहादुर श्रेष्ठका छोरा ज्ञानेश्वर, हिरेन्द्र, नरेन्द्र, वीरेन्द्र श्रेष्ठले बाबुको स्वास्थ्य शिविर राख्ने इच्छालाई पूरा गराइदिएर सच्चा सन्तानको परिचय दिएको पनि प्रजिअ कँडेलले बताउनुभयो । ब्राह्मण बोलाएर गरिएको यज्ञभन्दा दु:खेको शरीरलाई उपचार गराइदिएर गरिएको सेवाबाट अझ बढी फल मिल्ने भएकाले यस्तै समाजसेवी काम गर्न उहाँको विशेष जोड रहेको थियो ।

तमघास अस्पतालमा भएको स्वास्थ्य शिविरमा अस्पतालका प्रमुख डा. सूर्य गुरुङ, प्राविधिकलगायत अन्य कर्मचारीले खुला दिलले सहयोग पुर्‍याएका थिए । शिविरमा तीन महिनाअगाडि लडेर उपचार गराउन नसकेकी सिमीचौरकी खिमा तङ्नामीलाई परीक्षण गर्दा उनको पेटमा अनेक मासुका डल्ला देखिएकाले अप्रेसनका लागि रिफर गरिएको थियो । गरिबीका कारण थलिएर घरमा बसेकी तङ्नामीलाई ज्ञानेश्वर श्रेष्ठले काठमाडौं वीर अस्पतालमा ल्याएर भर्ना गरेका छन् । शरीरमा रगतको कमी भएपछि तङ्नामीलाई रगतको मात्रा पुर्‍याइएपछि अप्रेसन गरिने भएको छ ।
kkkkkkk2

फिमेल सर्जिकल वार्डको २७८ मा बसेर उपचार गराइरहेकी तङ्नामीलाई उपचारको सम्पूर्ण व्यवस्थापन ज्ञानेश्वर श्रेष्ठले गरे पनि उनको हेरालु दुइजनाको खाने, बस्ने व्यवस्थाका लागि पत्रकार महेन्द्र पाण्डेय र नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मिनप्रसाद श्रेष्ठले सहयोग जुटाउन लागि परेका छन् । स्वास्थ्यशिविरको सम्पूर्ण व्यवस्थापन गरेका ज्ञानेश्वर श्रेष्ठले आफ्ना वुवाआमाले ठूलो मान्छेभन्दा असल मान्छे बन्न दिएको नैतिक शिक्षाका कारण आफूहरुले उहााहरूको सोच पूरा गर्दै जाने बताए । अमेरिकामा व्यवसाय गर्दै आएका ज्ञानेश्वरले यसअघि पनि थुप्रै समाजसेवी काम गर्दैआएका छन् भने उनका वुवा मानबहादुर श्रेष्ठ तमघासका दानवीरका रुपमा परिचित छन् । शिविरलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि सहयोगी संस्थाका रुपमा नेपलीज सोसाइटी अफ मल्टीडिस्पेन्सरी, रेसु नेपलीज सोसाइटी अफ मल्टी मल्टीडिस्पेन्सरी, रेसुङ्गा युवा क्लब, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गुल्मी र लोकवेसी आमा समूह रहेका थिए ।