शोभितको सिनेमाले सुटुक्कै ५१ दिन !

शोभितको सिनेमाले सुटुक्कै ५१ दिन !


techaer
आफ्नो फिल्मले एक दिनमा दुई लाखको व्यापार गर्‍यो भने दुई थपेर चार लाखको विवरण दिने व्यक्तिका रूपमा चिनिन्छन् निर्माता–निर्देशक शोभित बस्नेत । सानो काम गर्दा पनि ठूलो स्वरमा हल्ला गर्ने शोभित अहिले गुमनाम छन् । तर, अचम्मलाग्दो कुरो † उनले निर्देशन गरेको पछिल्लो चलचित्र टिचरले मोफसलको तीन सहरमा ५१ दिन मनाइसकेको छ । काठमाडौंमा कतिपय ठूला ब्यानरका भनिएका फिल्मले एक हप्ता कटाउन नसकेको बेला उनको फिल्मले कसरी मनायो होला त एकाउन्न दिन ? शोभित भन्छन्, ‘स्कुलका केटाकेटीले मेरो फिल्म निकै मन पराए ।’ उनको भनाइअनुसार टिचरले हेटौँडामा ६१ दिन मनायो भने नारायणघाटमा प्रदर्शनको ७८औँ दिन पार गरिसक्यो । पोखरामा पनि एक महिनादेखि प्रदर्शन भइरहेको छ । साँच्चै, सुटुक्क ‘५१ दिन’ मनाउने कला शोभितले कहिले कोसँग सिके होलान् ?