पूर्वमिसनेपाल बनिन् मल्होत्राकी बुहारी

पूर्वमिसनेपाल बनिन् मल्होत्राकी बुहारी


Jenisha 1

पूर्वमिसनेपाल जेनिशा मोक्तान युवा व्यवसायी दिकेश मल्होत्रासँग विवाहबन्धनमा बाँधिएकी छिन् । आफूहरूबीच विगत पाँच वर्षदेखि प्रेम रहेको खुलासा गर्ने दिकेश र जेनिशा दुवै यतिबेला एक–अर्काको रोजाइलाई समयले साकार तुल्याएको र दुवैजना एकदम सन्तुष्ट रहेको बताउँदै छन् । लामो समयको प्रेम वैवाहिक सम्बन्धमा गाँसिन पुगेको अवसरमा यस्तो अभिव्यक्ति आउनु अस्वाभाविक पनि होइन ।

सामसङ मोबाइलका लागि नेपालका बिक्रेता दिकेश छोटो समयमै ख्याति हासिल गर्ने व्यवसायीका रूपमा चिनिन्छन् । नातामा नायिका प्रियंका कार्कीकी फुपूका छोरा पर्ने दिकेश र जेनिशाको भेट पनि प्रियंकाले नै गराएकी थिइन् । प्रियंकासँग आउजाउ गर्ने क्रममै जेनिशासँग नजिकिएका दिकेशले अन्तत: जेनिशालाई जीवनसाथी बनाइछाडे । मिस नेपाल भएपछि विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी जेनिशा पछिल्लो समय अभिनयमा निस्क्रियजस्तै थिइन् । सम्पन्न घरकी बुहारी बनेपछि अब त उनको अभिनय यात्रा झन् कुन भासमा पर्ने हो, प्रतीक्षाकै विषय बनेको छ ।

dikesh jenisha