‘चिकत्सिकलाई ‘जनकारवाही’ होइन, कानुनी कारवाही’

‘चिकत्सिकलाई ‘जनकारवाही’ होइन, कानुनी कारवाही’


Lumbani

रूपन्देही । त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले सामुदायिक अस्पतालहरू मजबुत बनाएसम्म नेपालको स्वास्थ्य क्षेत्रमा प्रगति हुन नसक्ने बताएका छन् । सेवा र सुरक्षाको हिसाबले समेत सामुदायिक स्वास्थ्य संस्थाहरू बलियो बनाउनुपर्ने कोइरालको धारणा छ ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले चिकित्सक दिवसको अवसरमा बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले सामुदायिक अस्पतालहरूलाई डुबाएर निजी अस्पताललाई फाइदा पुग्छ भन्ने भ्रम पाल्नु ब्यर्थ हुने तर्क गरे । सामुदायिक तथा सरकारी अस्पतालहरू सबै किसिमले सुविधासम्पन्न भए मात्र स्वाथ्यमा सबैको समान पहुँच वृद्धि हुने उनले दाबी गरे ।

अहिले नेपालमा दुई तिहाईको संख्यामा निजी स्वास्थ्यसंस्थाले सेवा पु¥याएको भन्दै डा. कोइरालाले सामुदायिक स्वाथ्यसंस्थालाई बलियो बनाउँदा निजी कमजोर नहुने दोहो¥याए ।
डाक्टरले जानीजानी कसैलाई नोक्सानी हुने सेवा नदिएको बरु कुनै प्राविधिक कमी–कमजोरी हुनसक्ने भन्दै उनले भने, ‘यदि कसैले गल्ती गर्छ भने उसलाई कानुनअनुसारको कारवाही हुनुपर्छ, तर ‘जनकारवाही’ जस्तो हुनु भएन ।’ उनले कम्तीमा तीन मिनेटको समय बिरामीको बारेमा जानकारी लिएर मात्र उपचार शुरु गर्नुपर्ने बताउँदै कतिपय बेला विरामीको ज्ञानको कमीले पनि गतल आरोप डाक्टरमाथि लाग्ने उल्लेख गरे ।
Bhagawan Koirala
यदि डाक्टरले आफ्नो छवि सफल बनाउन सके बिरामीका आफन्तले पनि तत्कालै गलत धारणा बनाउन नसक्ने डा. कोइरालाको भनाई थियो । उनले सरकारी बजेटमा विदेश उपचार गर्न जानेहरूका लागि मात्र नेपालमा स्वास्थ्यावस्था र डाक्टर कमजोर होलान्, नेपालीका लागि विश्वमा नै नेपालको अवस्था राम्रो भएको बताए । तत्काल यो अवस्था नहटेसम्म र स्वास्थ्य बीमा लागु नगरेसम्म नेपालको स्वास्थ्य अवस्था मजबुत नहुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अञ्जनीकुमार झाले डाक्टरको मात्र लापरवाही देख्ने गलत धारणा समाजमा विकसित हुनु दुखद् पक्ष भएको बताएका छन् । उनले डाक्टरकहाँ मानिस जन्मनु र मर्नु नौलो विषय नभएको भन्दै कुनै मानिसको मृत्यु हुँदा डाक्टरको कमजोरी देख्ने गलत प्रवृत्ति भएको टिप्पणी गरे । उनले डाक्टरहरूलाई हप्तामा एकदिन अवश्य बिदा दिनुपर्ने बताएका छन् । डाक्टरका घरपरिवारले उसको माया नपाउदा कैयौं दुर्घटनासमेत निम्तिने भन्दै हप्तामा एकदिन विदाको व्यवस्था गरिनुपर्ने उल्लेख गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले स्वास्थ्य संस्थामा पुगेका बिरामीहरू भरसक मर्नु हुँदैन भन्दै डाक्टरहरू अति संवेदनशील बन्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खेम हमाल, औषधी व्यवसायी संघका अध्यक्ष शिव ज्ञवाली, निजी अस्पताल संघका अध्यक्ष रामप्रसाद खरेल, चिकित्सक संघ लुम्बिनीका उपाध्यक्ष डा. विनोद पराजुली, डा. प्रकाश सापकोटा लगायतले चिकित्सकले जानीजानी लापरवाही नगर्ने, यदि त्रुटीवश लापरवाही भएको पाइए कानुनबमोजिम कारवाही गरिनुपर्ने तर्क राखे ।

संघका लुम्बिनी अञ्चल अध्यक्ष डा. राजेन्द्र खनालको अध्यक्षता तथा सचिव डा. डीबी खत्रीको सञ्चालनमा भएको कार्यक्रममा संघको भवन निर्माणार्थ सहयोग गर्ने सहयोगदातालाई सम्मान पनि गरिएको थियो । ‘चिकित्सक समाजको लागि’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा बिहीबार विहान बुटवलमा प्रभातफेरी समेत गरिएको थियो ।
– चन्द्रकान्त खनाल