दीप श्रेष्ठलाई ढेवाजु स्मृति सङ्गीत पुरस्कार

दीप श्रेष्ठलाई ढेवाजु स्मृति सङ्गीत पुरस्कार


Deep-Shrestha
यस वर्षको ‘ढेवाजु स्मृति सङ्गीत पुरस्कार’ लोकप्रिय एवम् वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठलाई प्रदान गरिएको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा पाँच दशकदेखि नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई रु ५१ हजार १०१ राशिको पुरस्कारबाट सम्मान गरिएको हो । नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सङ्गीतकार श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभयो ।

उक्त पुरस्कार तीन-तीन वर्षमा नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याएको योगदानस्वरुप एक स्रष्टालाई प्रदान गरिँदै आएको छ । यसअघि यस पुरस्कारबाट सरोजगोपाल वज्राचार्य, बाबा राणा, कल्याण शेरचन, श्यामलाल श्रेष्ठ, अमृत गुरुङ, रामभक्त जोजिजु र धनबहादुर गायक पुरस्कृत भइसक्नुभएको छ ।