ट्राफिक प्रहरीलाई विद्युतीय रिक्सा

ट्राफिक प्रहरीलाई विद्युतीय रिक्सा


रूपन्देही/ ग्रिन लुम्बिनी इन्टरप्राइजेजले पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवललाई टेरा मोटर्सको एक थान ई–रिक्सा प्रदान गरेको छ । ट्राफिक प्रहरीलाई यातायातको अभाव भइरहेको बेला ग्रिन लुम्बिनीले जापानीज कम्पनीको विद्युतीय रिक्सा प्रदान गरेको हो ।
एक समारोहको आयोजना गरि प्राइजेजका सञ्चालक ज्ञानु बस्यालले पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीलाई रिक्साको चापी हस्तान्तरण गरे ।

रिक्सा हस्तान्तरणसँगै इ–रिक्सा व्यवस्थापनको चुनौती विषयक अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले इ–रिक्सा व्यवस्थापनका लागि नगरपालिका र यातायात व्यवस्था विभागले रुट र संख्या निर्धारण गरेमा व्यवस्थापन सहज रुपमा हुने बताए । सरकारले समेत विद्युतीय रिक्सालाई प्रोत्साहन गरेकाले यसको व्यवस्थापन गरि बुटवलमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
trafick
कार्यक्रममा यातायात व्यवस्था विभाग बुटवलका शाखा अधिकृत दुर्गासिंह थापाले यातायात व्यवस्था विभागले प्रक्रिया अगाडि बढाइरहेकाले ढिलोचाँडो समाधान निस्कने जानकारी दिए । पश्चिम नेपाल बस व्यवसयाी सघ बुटवलका अध्यक्ष दधिराम खरेलले यातायात जस्तो संवेदनशील क्षेत्रमा हचुवाको भरमा काम गर्न नहुने भन्दै बुटवलमा इ–रिक्साको समस्या विकराल बन्दै गएको उल्लेख गरे ।

ग्रिन लुम्बिनी इन्टरप्राईजेज तिलोत्तमा योगिकुटीका सञ्चालक ज्ञानु बस्यालको अध्यक्षता, पत्रकार विनोद परियारको सञ्चालनमा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्दही अध्यक्ष नर्बु लामा, पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, रुपन्दही व्यापार संघका महासचिव डिल्लिराज भण्डारी, नेपाली काँग्रेस नगरसचिव ज्योती भण्डारी, बुटवल उद्योग बाणिज्य संघका मुक्ति अधिकारी, लुम्बिनी इ–रिक्सा व्यवसायी समितिका महासचिव प्रेम थापामगर, रिक्सा व्यवसायी संघ बुटवलका अध्यक्ष कृष्णप्रसाद तिवारी लगायतले बोल्दै इ–रिक्सा व्यवस्थापनको खाँचो रहेको औंल्याए ।

– चन्द्रकान्त खनाल