अनमोल ‘स्टार’ बन्नुको रहस्य

अनमोल ‘स्टार’ बन्नुको रहस्य


अनमोल केसी अभिनीत फिल्ममा दर्शकको भीड बढेपछि नेपाली फिल्मकर्मीले भन्न थालेका छन्– हिरो हुनु त अनमोलजस्तो ! अनमोल र साम्राज्ञी राज्यलक्ष्मी राणा अभिनीत ड्रिम्सले प्रदर्शनको दुई दिनमै एक करोड ७० लाख व्यापार गरेको थियो । नेपाली फिल्मको इतिहासमा यति धेरै व्यापार भएको पहिलो रेकर्ड हो । भुवन केसीको डेब्यु निर्देशन रहेको ड्रिम्समा तन्नेरी पुस्ताको कथा रहेको छ भने अनमोलका फ्यानहरूले फिल्म निकै मन पराएका छन् । फिल्म चलेको पहिलो दिन बडिगार्डसहित हलमा पुगेका अनमोलले दर्शकलाई अभिवादन गर्दै सेल्फी खिचाए ।
anmol kc
अनमोल स्टार हुनुमा उनको अभिनय मात्रै काफी छैन । हरेक फिल्म रिलिज हुनुअघि उनले दिने अभिव्यक्तिमा कुनै दम्भको गन्धसम्म पनि नआउनु उनको शौभाग्यको सूचक नै हो । अर्को कुरा, आजसम्म उनले आफ्नो फिल्म राम्रो भनेर दाबी गरेका छैनन् । यो सरलताले उनलाई झनै चाँडो स्टारको रूपमा स्थापित गराउन सघाउ पुर्‍याएको छ । उता, भुवन केसीसँग सम्बन्ध बिग्रिएको झोंकमा ‘अनमोललाई अभिनय गर्नै आउँदैन’ भनेर टिप्पणी गर्ने दिनेश डीसीचाहिँ यतिबेला पुर्पुरोमा हात लगाएर बसेका छन् । आफ्नो महत्त्वाकाङ्क्षी फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ले साह्रै कमजोर व्यापार गरेपछि घमण्डी सिनेकर्मीको रूपमा समेत चिनिएका डीसी चिन्तामा परेका हुन् ।