रमेश पनि निर्माता

रमेश पनि निर्माता


ramesh_2
अमेरिकामा दशक बिताएका नायक रमेश उप्रेती अब निर्माता बन्ने भएका छन् । नवल नेपालको निर्देशनमा ऐश्वर्या नाम राखेर चलचित्र बनाउने तयारी गरिरहेका रमेशले केकी अधिकारीलाई नायिका बनाउने भएका छन् । चलचित्रमा सक्रिय हुन छाडेपछि अमेरिका पुगेका रमेशले चलचित्र बनाउने रहर गर्नुलाई नराम्रो भन्न त मिल्दैन, तर अमेरिका बसेर फर्किएका कलाकार बनाएको चलचित्रले लगानी उठाउन नसकेको यथार्थलाई भने मनन गर्न जरुरी छ ।

पाइरेसीको मारमा ‘कबड्डी–कबड्डी’
Kabaddi-Kabaddi-
विदेशका केही सहरमा प्रदर्शन हुन बाँकी नै रहेको चलचित्र कबड्डी–कबड्डी युट्युबमा छ्यास्छ्यास्ती भेटिन थालेपछि यस चलचित्रका निर्माता तनावमा छन् । दयाहाङ राई, सौगात मल्ल, प्रियंका कार्कीलगायत कलाकारको अभिनय रहेको उक्त फिल्मलाई नेपाली दर्शकले निकै मन पराएका थिए । हङकङमा चलचित्रको पाइरेसी भएको अनुमान गरिए पनि कहाँबाट कसरी भयो, अझै प्रहरीले पत्ता लगाउन सकेको छैन । यसअघि चलचित्र झोला पनि यसैगरी युट्युबबाट पाइरेसी भएको थियो । युट्युबबाट फिल्म पाइरेसी हुँदा पचास लाखभन्दा बढी घाटा भएको बताइएको थियो ।