‘वेश्या’ बन्ने शिल्पाको चाहना

‘वेश्या’ बन्ने शिल्पाको चाहना


Shilpa-Pokhrel
पहिलो फिल्म लज्जामा वेश्याको भूमिकामा देखिएकी थिइन् नायिका शिल्पा पोखरेल । उनले मन फुकाएर अभिनय गरिन् र जश पनि राम्रै पाइन् । त्यसबाटै हौसिएर होला, फेरि पनि वेश्याकै भूमिकामा देखिने चाहना उनी व्यक्त गर्न थालेकी छिन् ।
उनको बुझाइमा वेश्याको रोल नायिकाका लागि सबैभन्दा चुनौतीपूर्ण भूमिका हो । नायिकाहरूले चाहेर पनि यस विषयमा रिसर्च गर्न सक्दैनन् भन्ने पनि उनको धारणा छ । यस्ता विषय नायिकाका लागि चुनौतीपूर्ण हुने भएकाले नै अभिनयमा बढी मिहिनेत पर्ने उनको बुझाइ रहेछ । लज्जा, फागूलगायत चलचित्रमा काम गरेकी शिल्पा अन्य भूमिकामा पनि देखिन त चाहन्छिन्, तर छानेर मात्रै । यसबीचमा चार फिल्म छाडेको दाबी गर्ने शिल्पाको पछिल्लो चलचित्र फागुको व्यापार उत्साहजनक नरहेको चर्चा सिनेक्षेत्रमा चल्दै गरेको परिवेशमा उनलाई यस्तो सवाल गर्नेहरू पनि छन्– ‘खासमा शिल्पाले राम्रो भनेको फिल्म कस्तो हो ? दर्शकलाई पनि मन पर्नुपर्ने कि उनलाई मात्रै मन परे हुने ?’
Shilpa 3