पार्टी ठूलो बनाउन बाबुरामलाई विदेशी सहयोग !

पार्टी ठूलो बनाउन बाबुरामलाई विदेशी सहयोग !


naya-shakti
नेपालमा इसाईकरणका निम्ति सहयोग पुर्‍याउँदै आएका मुलुकमध्येको एक डेनमार्कले डा. बाबुराम भट्टराईलाई सङ्गठन विस्तार निम्ति दुई करोड चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको समाचार प्राप्त भएको छ । काठमाडौंस्थित डेनिस दूतावास सूत्रले जनाएअनुसार डेनमार्कको अल्टरनेटिभ पार्टीको तर्फबाट डा. भट्टराईलाई उक्त रकम सहयोग भएको हो । बाबुरामले उक्त रकम पार्टी सदस्यहरूको सङ्ख्या बढाउने र सङ्गठन विस्तार गर्ने काममा खर्च गर्नुपर्ने समाचार स्रोतको भनाइ छ । सन् २००४ मा डेनमार्कमा जन्मिएको अल्टरनेटिभ पार्टीले बाह्र वर्षमै सात हजार आठ सयभन्दा बढी सदस्य सङ्ख्या पु¥याएर निकै ठूलो प्रगति गरेको बताइन्छ । उक्त पार्टीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नामक पार्टीलाई नेपालको वैकल्पिक पार्टीको रूपमा स्थापित गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको बुझिएको छ ।

स्मरणीय छ, बाबुराम भट्टराई विगतमा माओवादी बनेर हिंसात्मक आन्दोलनमा सरिक हुँदा पनि डेनमार्क, नर्वेलगायतका इसाई मुलुकले आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको समाचार सार्वजनिक हुने गर्दथ्यो । प्रधानमन्त्री भएका बेला अमेरिका पुग्दा आफ्नी इसाई गुरुआमाको दर्शन गर्न न्युयोर्कबाट सयौँ किलोमिटर दूरी पार गरेर जानुभएका डा. बाबुराम भट्टराई नेपाललाई धर्मनिरपेक्ष बनाउन मुख्य भूमिका निर्वाह गर्ने नेतामध्ये पर्नुहुन्छ । संविधान निर्माणका निम्ति भएको छलफलका क्रममा धर्मनिरपेक्षता शब्द हटाउन प्रस्ताव आउँदा डा. भट्टराई त्यस प्रस्तावका विरुद्ध कडा रूपमा प्रस्तुत हुनुभएको थियो । नेपाललाई इसाईकरण गराउन विशेष भूमिका निर्वाह गर्दै आउनुभएका भट्टराईलाई पार्टी सञ्चालन गर्न इसाई मुलुकहरूबाट सहयोग प्राप्त हुने गरेको भन्ने चर्चा चलिरहेका बेला डेनमार्कबाट उहाँलाई प्राप्त सहयोगबारे जानकारी मिलेको हो ।