पचास पार ‘कन्हैयालाल’को कथा

पचास पार ‘कन्हैयालाल’को कथा


aamir-khan
बलिउडमा पर्फेक्टम्यान भनेर चिनिने आमिर खान ५१ वर्ष लागेका छन् । वर्षमा एउटा मात्रै फिल्ममा अभिनय गर्ने आमिर बलिउडका क्रिएटिभ नायक भनेर चिनिन्छन् । उनले अभिनय र निर्माण गरेका प्रायः फिल्म सफल छन् । पछिल्लोपटक उनले निर्माण गरेको पिके निकै चर्चित भएको थियो । अहिले उनी दंगल नाम राखेर फिल्म बनाउँदै छन् । आमिर खानको निकनेम कन्हैयालाल हो । यो नाम राख्नुको कारण थियो उनी सानो छँदा युवतीसँग बढी घुलमिल हुन्थे । छोराको त्यो शैली देखेर नै उनका बुबाआमाले कन्हैयालाल नाम राखेका थिए । तर, अहिले उनको पूरा नाम मोहम्मद आमिर हुसैन खान हो ।

उनले पहिलोपटक बालकलाकारको रूपमा ‘यादाँे की बारात’मा काम गरेका थिए । सन् १९७३ मा बनेको उक्त फिल्ममा उनले अतिथि कलाकारको भूमिका निर्वाह गरेका थिए । हिन्दी फिल्म ‘कयामत से कयामत’बाट उनी बलिउड बक्स अफिसमा चर्चित भएका थिए । उक्त फिल्मको बजेट निकै कम थियो । त्यसकारण आमिर आफैँ पनि अटोरिक्सा र बसमा पोस्टर टाँस्दै हिँडेका थिए ।
aamir-khan-2
‘कयामत से कयामत तक’मा काम गरेपछि आमिरले आठ सय सीसीको मारुती कार किनेका थिए । उनी जुन बिल्डिङमा परिवारका साथ बस्दै आएका थिए पछि सोही बिल्डिङमा फ्ल्याट किनेका थिए । पत्नी किरणका अनुसार उनी कहिल्यै मुख खाली राख्दैनन् । उनलाई केही न केही खाइरहनुपर्छ । आमिरले जुही चावलासँग सात फिल्ममा काम गरेका छन् । सातमध्ये पाँच फिल्म फ्लप भए । ‘इस्क’को सुटिङमा आमिर जुहीसँग जिस्केका थिए । सोही घटनापछि आमिर र जुहिले एउटै फिल्ममा काम गरेनन् । अहिले पनि उनीहरूको सम्बन्ध राम्रो छैन ।

हिन्दी फिल्म ‘तारे जमिन पर’मा अमिताभ बच्चनको छोरा अभिषेक बच्चनको उदाहरण दिनका लागि आमिरले अमिताभसँग अनुमति लिएका थिए । चलचित्र साजन, हम आपके है कौन र जोसमा सञ्जय दत्त र सलमान खानलाई भन्दा पहिला आमिरलाई प्रस्ताव आएको थियो । सन्नी देओल र आफूलाई एकैपटक कथा नसुनाएको कारण आमिरले यस चोपडाको फिल्म ‘डर’मा काम गर्न मानेनन् । उनले छाडेको भूमिकामा पनि शाहरुखले काम गरे । आमिरलाई नुहाउन एकदमै अल्छी लाग्छ । तर, पानीमा भिज्दा निकै खुसी हुन्छन् । आमिरका बुबाआमाले छोरा अभिनयमा नलागोस् भन्ने चाहेका थिए । उनीहरू आमिरलाई धेरै पढाउन चाहन्थे । तर, आमिरले हाइस्कुलपछि पढाइ नै छाडिदिए ।