सातौँ स्मृतिदिवसमा यसरी गरियो गिरिजाप्रसादको सम्झना

सातौँ स्मृतिदिवसमा यसरी गरियो गिरिजाप्रसादको सम्झना


Girija Prasad Koirala
नेपाली का्ग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौँ वार्षिक स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन कास्कीद्वारा आइतबार आयोजित अन्तरक्रियामा कोइराला समकालीन राजनीतिको शिखर व्यक्तित्व भएको दाबी गरियो । नेपाली राजनीतिमा २००३ सालको मजदुर आन्दोलनबाट क्रियाशील कोइरालाले आफ्नो राजनीतिक यात्रामा ०६२÷६३ सम्म आइपुग्दा भिन्न विचार र दृष्टिकोणका राजनीतिक दललाई पनि एकसाथ लिएर देशलाई गणतन्त्रको यात्रामा अघि बढाउन भूमिका निर्वाह गरेको कार्यक्रममा औँल्याइएको थियो ।

नेपालको लोकतन्त्रको आन्दोलनमा कोइरालाले गर्नुभएको योगदानका कारण देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अघि बढेको कांग्रेस नेत्री एवम् सांसद शारदा पौडेलले बताइन् । यस्तै, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपालको लोकतान्त्रिक परिवर्तनको नेतृत्व गरेका कोइराला कांग्रेसको मात्र नभएर समग्र राष्ट्रको नेताका रुपमा आफ्नो पहिचान बनाउन सफल बन्नुभएको बताए भने राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समिति सदस्य गङ्गाधर पराजुलीले भिन्न विचार बोकेका राजनीति दललाई एकै ठाउँमा ल्याउन सक्ने कोइरालाको क्षमताका कारण नै नेपालले परिवर्तनको आन्दोलनमा ठूलो फड्को मार्न सकेको उल्लेख गरे ।

प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले चाहिँ कोइरालाको पहल नभएको भए नेपालमा कुनै पनि हालतमा लोकतान्त्रिक गणतन्त्र आउन नसक्ने दाबी गरे । युनियनका महासचिव अजयबाबु शिवाकोटीले ०६२÷६३ को आन्दोलनका उपलब्धि संस्थागत गर्न पनि कोइरालाले देखाउनुभएको सहमति सहकार्य र एकताको मार्गलाई आत्मसात् गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव त्रिभुवन पौडेलले १२ बुँदे समझदारी हुँदै ०६२÷६३ को आन्दोललाई अन्तिम निष्कर्षमा पु¥याउन कोइरालाले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे ।