गच्छदारका पच्चीस सय कार्यकर्ता महतोको पार्टीमा

गच्छदारका पच्चीस सय कार्यकर्ता महतोको पार्टीमा


Picture2
विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का महासचिव तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नेतृत्वमा २५ सय नेता तथा कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेको छ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नवप्रवेशीहरुलाई अबीर माला लगाई स्वागत गरेका छन् । सोमबार सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रचोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सदभावना अध्यक्ष महतोले फोरम लोकतान्त्रिकका २५ नेता कार्यकर्तालाई पार्टी भित्र्याएका छन् । पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव, जिल्ला अध्यक्ष सत्यनारायण यादव, मुसहर यादव, भूपेन्द्र यादव, बालकृष्ण पण्डित, जागेश्वर यादव, नथुनि यादव, आशिष यादव, महन्थी यादव, राम बिलास यादव, रामेश्वर मण्डल, जयप्रसाद यादव, मोहन यादव, जयनारायण मण्डल, सत्यनारायण खेरवार, बद्री यादव, राजेश्वर राय र मो. अताउल्लालगायत २५ सय नेता कार्यकर्ता फोरम लोकतान्त्रिक परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेका छन् ।