ह्यारीले रोपे वरवृक्ष

ह्यारीले रोपे वरवृक्ष


Harry Pokhara
नेपाल भ्रमणमा रहेका ह्यारी नामले प्रसिद्ध बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिडले मंगलबार पोखराको लामाचौरस्थित गोर्खा ब्रिटिस क्याम्प पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । अफगानिस्तानमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्बू, सचिन लिम्बू, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ गरी एघार गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । बेलायती सैनिक पोसाकमा राजकुमार ह्यारीले सो समारोहमा भाग लिनुभएको थियो । वीरगति प्राप्त गर्ने गोर्खा सैनिकको आत्माको चिर शान्तिको कामना गर्दै हिन्दू र बौद्ध परम्पराअनुसार शान्ति पाठ गरिएको थियो । सोही अवसरमा ह्यारीले अफगानिस्तान युद्धमा मारिएका गोर्खा सैनिकका आफन्तजन र परिवारजनसाग भलाकुसारी गर्दै समवेदना व्यक्त गरे भने वीरगति प्राप्त गर्नेहरूको सम्झनामा उनले दुई मिनेट मौनधारण समेत गरेका थिए । सो कार्यक्रममा नेपालका लागि बेलयाती राजदूत रिचर्ड मरिस र बेलायती गोर्खा सैनिक सहितको उपस्थिति थियो । राजकुमार ह्यारीले वरको वृक्षसमेत रोपण गरेका थिए । मंगलबार नै राजकुमार ह्यारी काठमाडौं फर्किएका थिए ।