पोयमाण्डुमा ‘मौन अकथ्य’ विमोचित

पोयमाण्डुमा ‘मौन अकथ्य’ विमोचित


10 PR Poemandu 2
विश्व काव्य दिवसको अवसरमा गत आइतबार बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा नेपाल–भारत पुस्तकालय भवनमा ‘पोयमाण्डु’को ३०औँ शृङ्खला आयोजना गरियो । प्रतिष्ठानका सचिव सुश्री रुवी जसप्रित शर्माले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कविता वाचनको निम्ति अनुरोध गर्नुभयो भने प्रमुख अतिथिका रूपमा निम्त्याइनुभएका प्रोफेसर तुलसी दिवसबाट शिवकुमार मिश्रद्वारा लिखित ‘मौन अकथ्य’ नामक पुस्तक विमोचनसमेत गरियो । प्राध्यापक दिवसले उक्त काव्यकृतिले फरक भाषा र संस्कृतिका जनताको निम्ति पुलको काम गर्ने अभिव्यक्ति दिनुभयो । पोयमाण्डुको सो शृङ्खलामा प्रख्यात साहित्यकर्मीहरूले नेपाली, हिन्दी, मैथिली, भोजपुरी र उर्दू भाषामा सिर्जित कविता वाचन गरेका थिए ।