‘रामप्यारी’लाई दर्शकले गर्लान् त प्यार ?

‘रामप्यारी’लाई दर्शकले गर्लान् त प्यार ?


Rekha-Thapa
‘रामप्यारी’ नाम राखेर फिल्म बनाएकी रेखा थापा अहिले दर्शकलाई अपिल गर्दै भन्न थालेकी छिन्, ‘मेरो फिल्म हेर्न आउनुहोला, यसमा मैले नेपाली महिलाको कथा पेस गरेकी छु ।’ टेम्पोचालक महिलाको कथामा फिल्म बनाएको दाबी गर्ने रेखाले रामप्यारी नेपाली दर्शकको स्वादअनुसारको फिल्म भएको दाबी गरेकी छिन् । रेखाको यस्तो भनाइ आफँैमा नयाँ भने होइन । उनी अघिल्ला फिल्मका बेला पनि यस्तै धारणा राख्थिन् । नेपाली दर्शकको फिल्मी रोजाइका विषयमा जानकार भएको दाबी गर्ने रेखाले दर्शकलाई सन्तुष्ट बनाउन सक्छिन्–सक्दिनन्, अझै शङ्का छ । उनी आफैँले निर्देशन गरेको हिम्मतवाली हेरेर पनि धेरै दर्शकले नाक खुम्च्याएका थिए । यसपालि पनि त्यही हुने पो हो कि, हेर्न बाँकी नै छ ।