करिश्मामाथि पनि पुस्तक

करिश्मामाथि पनि पुस्तक


Karisma
नायिका करिश्मा मानन्धरमाथि अब पुस्तक लेखिने भएको छ । नायक भुवन केसीका विषयमा पुस्तक लेखेको घोस्ट राइटिङ नेपालले करिश्माबारे पुस्तक प्रकाशन गर्ने भएको हो । नेपाली सेलेब्रिटीबारे त्यति धेरै पुस्तक आएका छैनन् । धीरज राईले नेपाल पप सङ्गीतका विषयमा पुस्तक लेखे पनि अन्य कलाकारको विषयमा गतिलो पुस्तक आएको छैन । कुनै बेला अभिनयमा चर्चित नायिका करिश्मा अहिले फिल्म निर्माणमा सक्रिय छिन् । तर, उनको निर्माणयात्रा भने त्यति सुखद छैन । पछिल्लो समय डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा लागेकी करिश्माको राजनीतिक यात्रालाई पुस्तकले सघाउाछ–सघाउादैन त्यो भने हेर्न भने बाँकी नै छ । यो अवस्थामा करिश्मामाथि लेखिने पुस्तकले बजारमा कस्तो प्रभाव पार्ने हो, प्रतीक्षाको विषय बनेको छ ।