रमेश र रजनीको रोमान्स आगामी तिजमा

रमेश र रजनीको रोमान्स आगामी तिजमा


ramesh_rajni
रमेश उप्रेतीले दशकपछि अभिनय गरेको चलचित्र ‘ब्रासलेट’ हिन्दू नारीको चाड तिजको अवसर पारेर रिलिज हुने भएको छ । आउँदो भदौ १७ गते ब्रासलेट रिलिज हुने जानकारी निर्देशक निर्मल शर्माले दिए । नेपाली चलचित्रमा राम्रै पकड बनाएका रमेश एकाएक अमेरिका गएपछि नेपाली फिल्म क्षेत्रबाट टाढिएका थिए । आफ्नो पुनरागमन सार्थक हुनेमा विश्वस्त छन् रमेश । धेरैपछि राम्रो चलचित्रमा काम गर्न पाएको भन्दै खुसी व्यक्त गरे उनले ।
पछिल्लो समय रजनी पनि दर्शकले मन पराउने नायिकाको रूपमा चिनिन्छिन् । नारायण रायमाझी निर्देशित ‘परदेशी’मा प्रशान्त तामाङको जोडी भएर काम गरेकी रजनी पनि रमेशसँगको अनस्क्रिन रोमान्स दर्शकलाई राम्रो लाग्नेमा आशावादी छिन् । निर्मल शर्माको निर्देशन र केशव भट्टराईको निर्देशन रहेको ब्रासलेट राम्रो भएको प्रतिक्रिया दिन रमेश र रजनी धुमधामसँग लागेका छन् । फिल्म साँच्चै राम्रो छ कि छैन त्यो हेर्न भने भदौ कुर्नैपर्ने भएको छ ।