ग्लास्गोमा धुमधामले मनाइयो नयाँ वर्ष

ग्लास्गोमा धुमधामले मनाइयो नयाँ वर्ष


ग्लास्गो, स्कटल्याण्ड । नयाँ वर्ष २०६८ को सुखद उपलक्ष्यमा ग्लास्गोस्थित ग्लास्गो नेपाली एशोसियसनले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । भिक्टोरिया हलमा आयोजित सो कार्यक्रममा एशोसिएसनका अध्यक्ष मोहनकुमार कार्कीले सबैजनामा शुभकामना ब्यक्त गर्दै आउँदा दिनहरुमा अझ उत्साहजनक कार्यक्रमहरु आयोजना गरिने प्रतिबद्धता ब्यक्त गरेकाथिए ।
कार्यक्रममा ग्लास्गो आइपुगेका विश्व साइकल यात्री ढाकेश्वर बुढाथोकीलाई प्रमुख अतिथिको रुपमा स्वागत गरिएको थियो । सोही अवसरमा साइकल यात्री बुढाथोकीलाई एशोसियसनले आर्थिक सहयोग पनि प्रदान गरेको थियो । एशोसियसनका सचिव माधव भण्डारीले कार्यक्रम संचालन गरेकाथिए । कार्यक्रममा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो भने कार्यक्रम थप मनोरंजक बनाउन म्युजिकल चेयर र अक्सनको पनि आयोजना गरिएको थियो । कार्यक्रममा विजयीहरुलाई अध्यक्ष कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकाथिए।-भाष्कर अर्याल, मेस