ससुरा–बुहारीबीच भिडन्त हुँदै

ससुरा–बुहारीबीच भिडन्त हुँदै


Amitabh-Bachchan-With-Aishwarya-Rai
सन् २०१६ मा बलिउड बक्स अफिसमा अमिताभ बच्चन र ऐश्वर्या राय बच्चनबीच भिडन्त हुने भएको छ । अमिताभअभिनीत ‘तीन’ र ऐश्वर्याअभिनीत ‘सरवजित’ एकै दिन रिलिज हुने भएपछि ससुरा–बुहारीबीच भिडन्तको सम्भावना बढेको हो । आउँदो २० मेमा सुजय घोषको निर्देशनमा बनेको ‘तीन’ र ओमाङ्ग कुमारको निर्देशनमा तयार भएको ‘सरवजित’ रिलिज हुने भएका छन् । यदि अन्तिम समयमा प्रदर्शन मिति हेरफेर भएन भने बच्चन परिवारकै दुई सदस्यबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

‘सरवजित’ त्यो भारतीय नागरिकको कथा हो, जो पाकिस्तानमा जासुसी एवम् चरमपन्थीको आरोपमा वर्षौं जेलमा कैद भए । जेलमै भएको बेला कैदीको हमलामा उनी मारिएका थिए । यो बायोपिक फिल्ममा रणद्वीप हुड्डा मुख्य भूमिकामा देखिएका छन् । ऋचा चढ्ढा रणद्वीपकी श्रीमतीको भूमिकामा छिन् भने ऐश्वर्या सरवजितको बहिनीको भूमिकामा ।

सुजाय घोषको ‘तीन’मा अमिताभको साथमा नवाजुद्दिन सिद्दिकी र विद्या बालनले अभिनय गरेका छन् । दुईमध्ये एक फिल्म पक्कै सफल हुने कतिपय फिल्मकर्मीको धारणा रहेकाले नाफा–नोक्सान जे भए पनि बच्चन परिवारलाई फाइदै हुने विश्लेषण गरिएको छ ।