मन्त्री रोइदिँदा फोगटको प्रचार

मन्त्री रोइदिँदा फोगटको प्रचार


Haribol
चलचित्र राहदानी हेरेका दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिनै भ्याएका थिएनन्, कृषिमन्त्री हरिबोल गजुरेल क्वाँक्वाँ रोएको फुटेज सार्वजनिक हुन पुग्यो । फिल्म हेरेर यसरी मन्त्री नै डाको छोड्ेदै रुन थालेपछि त के चाहियो र ? चलचित्रको प्रचार फोगटमै हुने भइहाल्यो । रङ्गपत्रकारिता गर्दागर्दै फिल्म निर्देशनमा प्रवेश गरेका डब्बु क्षेत्री यसकारण भाग्यमानी निर्देशक ठहरिन पुगे कि कृषिमन्त्री हरिबोलको रुवाइले फिल्म तथा निर्देशकका कमी–कमजोरी सर्लक्कै छोपिदियो ।

यस प्रकरणबाट प्रेरित भएर अब धमाधम कतै चलचित्रकर्मीले विशेष शोमा लगेर अतिथिलाई रुवाउने योजनाचाहिँ नबनाउन् !यदि कसैले त्यस्तो योजना बनाएको छ भने भरपर्दो नहुन सक्छ, अतिथि रुवाउने दृश्य बनाउन लाग्दा निर्माताले साँच्चै आँसु झार्नुपर्ने अवस्था नआउने के ग्यारेन्टी ?