शिल्पाको जोश कायमै

शिल्पाको जोश कायमै


shilpa

धेरैलाई लागेको थियो– करिश्मा मानन्धरले लगानी गरेको चलचित्र ‘फागु’ हिट हुन्छ र नायिका शिल्पा पोखरेल फेरि एकपटक चर्चामा पुग्छिन् । तर, स्थिति सोचेभन्दा पूरै विपरीत भयो । तथापि, फिल्म असफल भए पनि उक्त चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी शिल्पाको व्यस्तता भने घटेको छैन । शिल्पा फुर्तीका साथ भन्छिन्, ‘मलाई भ्याइनभ्याई छ ।’ एउटा चलचित्रको काम सकेपछि मात्रै नयाँ फिल्ममा सम्झौता गर्ने बानी छ रे, त्यसकारण धेरै फिल्ममा सम्झौता गर्दिनन् । फिल्ममा काम गर्नुअघि स्क्रिप्ट र ब्यानर हेरेर मात्रै काम गर्ने गरेकी शिल्पाले फिल्म असफल भए पनि करिअरमा असर नगरेको बताइन् । उनले स्क्रिप्ट हेरे पनि राम्रो–नराम्रो छुट्याउन नसकेको चर्चा यतिबेला व्यापक छ ।