ब्ल्याकबेल्ट कमिटीको अध्यक्षमा राई

ब्ल्याकबेल्ट कमिटीको अध्यक्षमा राई


Black belt committee
नेपाल बादोरियो कराते डो सङ्घअन्तर्गतको ब्ल्याकबेल्ट कमिटीमा वरिष्ठ प्रशिक्षकमा सूर्य राई निर्वाचित भएका छन् । तेस्रो साधारणसभाले कमिटीको उपाध्यक्षहरूमा कृष्ण कुँवर, चित्रप्रसाद श्रेष्ठ, रमेश ढुङ्गेल, सन्तोष माझी, सिमोन खत्री, विष्णुलाल श्रेष्ठ र आङध्वज मोते चयन भएका छन् । कमिटीको सचिवमा पुरुषोत्तम पोखरेल, सह सचिवमा रक्षा तामाङ र कोषाध्यक्षमा तेजबहादुर तामाङ र सहकोषाध्यक्षमा निमा तामाङ रहेका छन् । यस्तै सदस्यहरूमा लक्ष्मण तामाङ, रोयकता सिंह, बुनु राई, अञ्जु लामिछाने र अमरजंग शाह (अर्जुन) निर्वाचित भएका छन् ।

कमिटीका सदस्यहरूलाई प्रमुख अतिथि नेपाल कराते महासङ्घका महासचिव एवम् बादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसीले प्रमाणपत्र वितरण गरेका थिए । कमिटीलाई पत्रकार श्रीविक्रम भण्डारी, रोशन राउत र रामसुदन तिमल्सिनाले शुभकामना प्रदान गरेका थिए ।