‘अर्चना’ बेचेर कमाउने दाउ

‘अर्चना’ बेचेर कमाउने दाउ


Archana Paneru
गतिलो फिल्म नबनाए पनि चर्चामा रहिरहन चाहने निर्देशक राजु गिरीले पछिल्लोपटक अर्चना पनेरूको नाम बेचेर कमाई गर्ने उपायको खोजी गरेका छन् । ‘जिस्म’ नाम राखेर फिल्मको सुटिङ सुरु गरेका राजुले सुटिङ सक्दानसक्दै फिल्मको नाम परिवर्तन गरे– ‘अर्चना’ ।
राजु आफैँमा राम्रो निर्देशकका रूपमा कहलिन सकेका छैनन् । प्राय: फिल्ममा हिरोइनको पुष्ट शरीरलाई प्रस्तुत गर्दै आएका राजुलाई अर्चनाले उचाल्छिन्या पछार्छिन् हेर्न बाँकी नै छ । पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पछिल्लो समय सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेकी छिन् । हेरौँ यो चर्चाले राजुलाई चाहिँ कहाँ पुर्‍याउने हो ।