पुस्तौं-पुस्तौंमा सबैभन्दा महङ्गो सुरक्षा दल

पुस्तौं-पुस्तौंमा सबैभन्दा महङ्गो सुरक्षा दल


लण्डन । भोलि हुँदै गएको शाही विवाहमा मुम्बइ स्टाइलको सम्भावित आतंकवादी हमलाबाट बचाउनका लागि पुस्तौंदेखिको सबैभन्दा खर्चालु सुरक्षा दलको गतिविधिलाई कार्यान्वयन गरिँदैछ । करौडौं पाउण्डको खर्च, माथिल्लो तलामा तैनाथ गरिने स्नाइपरहरु, भीडहरुमा सर्वसाधारणजस्तै गरी मिसिएका अन्डरकभर जासुसहरु, हतियारधारी विशेष पुलिस फोर्सहरु, अति नै सम्वेदनशील जासुस कुकुरहरु आदिहरुमा गरिने भएको अधिकारीहरुबाट जानकारी गराइएको छ ।
अल काइदाको चेतावनीलाई गम्भीरताका साथ अवलम्वन गर्नेतर्फ लाग्ने यूकेका अतिवादीहरु, आइरिस आतंकवादीहरु, बेलायती अराजकहरुलगायतका अन्य विरोध प्रदर्शकहरु नै यस सुरक्षा दलको मुख्य लक्ष्य रहेका हुन् । साधारणतया अवलोकनकारीहरुलाई अवलोकन सरल र सुलभ बनाउनका लागि पनि ती सुरक्षा दलको केही हिस्सा कृयारत रहने भएको छ ।
विभिन्न पचास राष्ट्रका राष्ट्रप्रमुख तथा प्रतिनिधिलगायत विभिन्न सेलिब्रिटीहरुको उपस्थिति रहने भोलिको दिन विभिन्न राष्ट्रहरुलगायत बेलायतका विविध शहरहरुबाट आउने दर्शकहरुका लागि निक्कै नै दर्शनीय दिन हुनेछ । करोडौं व्यक्तिहरुले संसारका विभिन्न ठूलाठूला मिडियहरुमार्फत प्रत्यक्ष प्रशारणलाई अवलोकन गरिने भएकोले भोलि कुनै किसिमको अप्रिय घटना घट्न नदिनका लागि अति नै प्रेशरमा पुलिस अधिकारीहरु रहेका बताइएको छ । केहीअगाडि विद्यार्थीहरुको हडतालमा राजकुमार चार्लस् र केमैलालाई लिएर आएको कारमाथि भएको हमलाजस्तो लजास्पद कार्य दोहोरिन नदिन यो पालि पुलिस विशेष रुपमा सजग हुने बताइएको छ । गत सेप्टेम्बरमा भएको पोपको आगमनको बेला, काउण्टर टेरोरिज्म अधिकारीहरुद्वारा समातिएका छ जना सरसफाइ गर्ने कामदारहरुलाई पछि रिहा गरिएको थियो । वास्तवमा त्यो त्यस्तै प्रकारको सानो जोक थियो, जोबारे क्यान्टिनमा अन्य साथीहरुबाट गफ हाँकिएको थियो । त्यस्तै प्रकारले, भोलि कुनै प्रकारको व्यवहारको लागि पनि पुलिस फोर्स तयार रहेको भनिएको छ । सेन्ट्रल लण्डनका विभिन्न सडकहरु, चोक चौबाटोहरुमा जडान गरिएका सीसीटीभीहरुबाट भीडहरुमा हरेकपल हेरिरहनका लागि सयौंको संख्यामा काउण्टर टेरेरिज्म अधिकारी तैनाथ रहने भएका छन् । त्यस्तै, हजारौं पुलिसहरु शाही वैबाहिक रुटको सडकवारिपारि लाइन लगाएर उभिने भएका छन् । त्यसको अतिरिक्त, हजारौंको संख्यामा भीडलाई संयमहीन बन्न नदिनका लागि अतिरिक्त रुपमा सोही भीडहरुमा पुलिसहरु उपस्थित गराइने भएको छ ।
अप्रिल २९लाई बैंक होलिडे मानिएकोले हजारौंको संख्यामा भोलि काममा लाग्ने प्रहरीहरुले डबल तनखा पाउने भएका छन् तर त्यसले पनि भोलिको विवाहमा हुने सुरक्षा दल अन्य अवस्थामा भन्दा धेरै खर्चालु हुने भएको हो ।
-देब, मेस,