रेखाभन्दा प्रियंका अगाडि

रेखाभन्दा प्रियंका अगाडि


rekha-prinka

गतिलो नेपाली फिल्म हेर्न नपाएर न्यास्रिएका दर्शक यस साता सिनेमा हलमा गज्जबसँग ओइरिए । रेखा थापाको ‘रामप्यारी’ र विकास आचार्यको ‘नाइँ नभन्नु ल–४’ हेर्न हलमा पुगेका दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिए । रामप्यारी रेखाकै लगानीमा बनेको र उनैले मुख्य भूमिका निर्वाह गरेको फिल्म हो भने नाइँ नभन्नु ल–४ मा प्रियंका कार्की, पल शाह, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् ।

रामप्यारीभन्दा नाइँ नभन्नु ल–४ कुल व्यापारमा अगाडि देखिएपछि रेखालाई प्रियंकाले जितेको टिप्पणी फिल्म क्षेत्रमा सुरु भएको छ । पछिल्लो समय प्रियंकाको बजार गर्माउँदै गएको छ भने रेखा थोरै सुस्त हुन थालेकी छिन् । प्रियंकाले अभिनय गरेका प्राय: फिल्म चलेको छ भने रेखा होम प्रोडक्सनकै ब्यानरमा सीमित हुन थालेकी छिन् ।