शिवहरिलाई बैँस चढेपछि

शिवहरिलाई बैँस चढेपछि


शिवहरि पौडेल र ज्योती मगर
ब्रेकफेल नाम राखेर हास्य शृङ्खला निर्देशन सुरु गरेका कलाकार शिवहरि पौडेलले ज्योति मगरसँग जोडी बाँधेपछि अधबैँसे शिवहरिको बैँस फक्रेको चर्चा सुरु भएको छ । एउटा आयुर्वेदिक उत्पादनको विज्ञापनमा मोडलिङ गर्ने क्रममा ज्योतिसँगै देखिएका शिवहरिले केही दोहोरो अर्थ लाग्ने संवादसमेत बोलेका छन् । भिडियोबाट मोडलिङको प्रस्ताव आएकोले आफूले काम गरेको तर्क अघि सार्ने शिवहरि आफ्नो मोडलिङलाई अन्यथा विश्लेषण गर्न नहुने धारणा राख्छन् ।

भरिलो छाती नाङ्गै देखाएरै चर्चामा आएकी ज्योति भने शिवहरिसँग काम गर्न पाउँदा दङ्ग छिन् । कतिपय भिडियोमा पुष्ट नितम्ब प्रदर्शन गर्दै आएकी ज्योति यस भिडियोमा भने बिरामीको रूपमा देखिएकी छिन् । रिल लाइफमा बिरामी ज्योतिलाई उपचार गर्ने भूमिकामा रहेका कमेडियन शिवहरिले रियलमा चाहिँ के गरे कुन्नि ?