‘शुन्य लागत’को धज्जी उडाउँदै दुई लाख असुली

‘शुन्य लागत’को धज्जी उडाउँदै दुई लाख असुली


Baideshik rojgari Free visa

सरकारले सुन्य लागतमा खाडीका ६ मुलुक र मलेशियामा नेपाली कामदार पठाउने निर्णय गरे पनि म्यानपावर कम्पनीहरुले खाडी मुलुकको लागि प्रतिव्यक्ति २ लाखसम्म असुल्ने गरेका पाइएको छ । वैदेशिक रोजगार विभाग र म्यानपावर एजेन्सीको मिलेमतोमा सरकारी निर्णय असफल बन्दै छ । नेपाल सरकार, वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको लाइसेन्स नंबर १६४-०५६-०५७ सन एण्ड कम्पनीले कुवेतको हाउसमेडमा प्रतिमहिला दुई लाख लिएर पठाउँदै छ ।

म्यानपावर सञ्चालक विज्ञान प्रधानको निर्देशनमा एजेन्टहरुलाई जनही दुई लाख उठाउन निर्देशन दिइएको स्रोतको दाबी छ । सन एण्ड कम्पनीले एकलाख साठी हजार आफूले लिने र एजेन्टको कमिसनवापत थप चालिस हजार लिने गरेको खुल्न आएको छ । कम्पनीले कुवेतको हस्पिटलमा नर्सको आवश्यकता भनी पूर्वस्वीकृतिनि कालेर नेपाली युवतीलाई जबर्जस्ती यौनधन्दामा घचेट्न थालेको सुत्र बताउँछ । कम्पनीका एमडी सुरेस केसीले सिधै दुई लाख उठाउनु भन्छन् भने सञ्चालक विज्ञान प्रधानले अफिसको लागि एक दसदेखि एक लाख साठी हजार लाग्ने बताउँदै आएका छन् ।

वैदेशिक रोजगार विभागको मिलेमतोमा घुस ठेलेर पूर्व, अिन्तम स्वीकृति निकाली नेपाली चेलीहरुलाई घरको काममा पठाउन लाग्दा सम्बन्धित निकाय बेखबर छन् । काठमाडौंको धुम्बराही, मन्डिखाटार जाने बाटोमा अवस्थितसन एण्ड कम्पनीका सञ्चालक विज्ञान प्रधानले मानव तस्करी गरेरै करोडौँ रकम कमाइसकेका छन् । सामान्य परिवारका प्रधानसँग अहिले मोर्डन राइस मिल, कार्पेन्ट्री टेिक्नकल ट्रेडिङ सेन्टर (सिटीटीसी), अब्रोड टे«निङ इन्स्टिच्युट र मनकामना मनी एक्सप्रेस कम्पनी रहेका छन् । उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वर्तमान सदस्यसमेत हुन् ।

सन एण्ड कम्पनीले नवलपरासीकी ईश्वरी कार्कीसँग एकलाख साठी हजार मागेको छ भने सावित्रा साउतसँग दुईथरी रेट राखेर रकम मागेको बुझिन्छ । राउतलाई एजेन्टले एकलाख साठी हजार भनेका छन् भने सञ्चालक प्रधानले एक लाख दस हजार माग गरेका छन् । तर उनीहरुले सिधै पासपोर्ट लिँदैनन्, एजेन्टमार्फत आउनेहरुको मात्रै पासपोर्ट र रकम लिने गरेको रोजगारीमा जान लागेका महिलाहरुले उल्लेख गरेका छन् । यस्तै, विमला घिसिङ, दुर्गा बराल, सुमित्रा श्रेष्ठ र लक्ष्मी अर्यालसँग प्रतिमहिला एक लाख दस हजारदेखि एकलाख साठी हजारसम्म उठाइएको छ ।

त्यसैगरी जावलाखेलमा रहेको लक्की एचआर र अक्सफोर्ड म्यानपावर कम्पनीले कतार मुलुकमा लेबर कोटामा जाने सर्वसाधारण नेपालीसँग जनही एक लाख लिएका छन् । उनीहरुले एजेन्टमार्फत नआए पासपोर्ट र पैसा लिन अस्वीकार गर्ने गरेका छन् ।