कलाकार गुटका कार्यकर्ता

कलाकार गुटका कार्यकर्ता


celebraty-card
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र सञ्चारमन्त्री शेरधन राईको हचुवा निर्णयका कारण सेलेब्रिटी कार्ड विवादमा परेको छ । १३ जना वरिष्ठ कलाकारलाई कार्ड वितरण गर्दा कतिपय कनिष्टले भाग पाएपछि कार्ड पाउनेहरू नै असन्तुष्ट भए । पहिलो दिन कार्ड पाउने १३ जनामध्ये उद्धव पौडेल र किरण खरेल आलोचनाको पात्र बने । पौडेल पेसाले निर्माता हुन् भने उनले फिल्मको काम छाडेर राजनीतिमा प्रवेश गरेको सार्वजनिक घोषणा नै गरेका थिए । त्यसमाथि उनीभन्दा सिनियर धेरै कलाकार छन् जसले आजसम्म परिचयपत्र पाएका छैनन् ।

गीतकार खरेलचाहिँ आफैँमा नराम्रा या अनुपयुक्त पात्र होइनन् । तर, कालीप्रसाद रिजाल र रत्नशमशेर थापाका अगाडि खरेलको व्यक्तित्व कनिष्ट नै मानिन्छ । बोर्ड अध्यक्ष र सञ्चारमन्त्रीको हचुवा निर्णयले अब कलाकारहरू राजनीतिक दलका गुटगुटमा विभाजित हुने सम्भावना बढेको स्वयम् कलाकारहरू नै चर्चा गरिरहेका छन् ।