यशकुमार र निर्देशकको छत्तिसे सम्बन्ध

यशकुमार र निर्देशकको छत्तिसे सम्बन्ध


Yes-Kumar
‘बाटोमुनिको फूल–२’ नाम राखेर फिल्म बनाएका गायक यशकुमारको अहिले निर्देशक सुवर्ण थापासँग बोलचाल बन्द छ । निर्देशकलाई निम्ता नै नगरी उनले चलचित्रको रेड कार्पेट शो गरे भने प्रदर्शन भएको तीन दिनपछि गरेको विशेष शोमा पनि निर्देशक थापा उपस्थित भएनन् ।

फिल्म रिलिज हुने बेलामा निर्माता–निर्देशकको ठाकठुक पर्नुलाई नेपाली फिल्म उद्योगमा सामान्य नै मानिन्छ, तर, यशकुमारको ठाकठुक शैलीचाहिँ स्थायी आदतजस्तै भइसकेको भन्छन् सिनेकर्मीहरू । ‘बाटोमुनिको फूल’ बनाउँदा पनि फिल्म रिलिज नहुँदै निर्देशक सुरज सुब्बा नाल्बोसँग उनको बोलचाल बन्द भएको थियो । फिल्मकर्मीहरूका अनुसार आफ्ना प्रोजेक्टमा फिल्म सुटिङ सुरु भएपछि यशकुमार निर्देशकलाई अनावश्यक हस्तक्षेप गर्न खोज्छन्, जुन कुरा व्यावसायिक निर्देशकले पचाउँदैनन् । यशकुमारको निर्देशकसँग कुरा नमिल्दैमा अरूको त केही बिग्रँदैन, आफ्नै फिल्ममा हिरो बन्दै आएका यशकुमारले अर्को फिल्म बनाउन चाहे भने निर्देशक नै नभेट्ने पो हो कि भन्ने चिन्ता भने उठेको छ उनका शुभचिन्तकहरूमा ।