शाही विवाहको विरोधीहरुमाथि कारबाही

शाही विवाहको विरोधीहरुमाथि कारबाही


लण्डन । गत महिनाको २९ तारिख, सुरक्षा अधिकारीहरुबाट अति नै सो विवाह अति नै सफल रहेको भनाइएको थियो । पुस्तौं पुस्तादेखिको अत्याधिक खर्च गरेर तयार पारिएको शाही विवाहको सुरक्षा कवच सफलतापूर्वक सुरक्षित र व्यवस्थित रहेको बताइए पनि करीव दश लाख मानिसहरुको विवाहको सन्दर्भमा भएको उपस्थितिमध्ये पचपन्न जनालाई एण्टी टेरोरिज्म एक्टअन्तर्गत सोही दिन समातिएको समाचार अहिले बाहिर आएको छ ।
पचपन्न जनाको अतिरिक्त अन्य ३७ जनालाई सुरक्षा अधिकारीहरुले साधारण सोधपुछ गरी हिरासतमा लिएको केही मिनेटमा नै रिहा गरिएको बताइएको छ । पचपन्न जनाहरुमध्ये एक व्यक्तिले चारिङ क्रस एरियामा शाही यातायातका साधनलगायत सोसँगै तैनाथ सुरक्षा अधिकारीहरुको तस्वीर लिँदै गरेको व्यवहारलाई शंकास्पद मान्दै सो व्यक्तिलाई हिरासतमा लिइएको थियो तर बताइएअनुसार, सो व्यक्ति बिना कुनै चार्ज रिहा हुने सम्भावना छ । त्यस्तै, चारिङ क्रस रेलवे स्टेशननजिक, अन्य दशजना अन्यहरुलाई तिनका झोलामा पहाड चढ्ने डोरीलगायतका औजारका साथै शाही संस्थाको विरोधी पर्चाहरु पाइएको आधारमा समातिएको थियो । सेन्ट्रल लण्डनमा शाही विवाह विरोधी सानो जुलुशलाई पनि अधिकारीहरुलाई कब्जामा लिएको थियो, जो अधिकारीहरुका अनुसार समस्यादायक थिएनन् । राइट रोयाल वर्ग ग्रुपका दश जना र त्यतिकै मात्राका रेड लायन स्क्वायर ग्रुपका सोहो स्क्वायरमा जम्मा भई अराजकता मच्याउन जम्मिएका थिए, जो बताइएअनुसार रिपब्लिकन टी पार्टीबाट सञ्चालित थिए । १४ वर्षीया बालिकाउपर यौन आक्रमण गर्ने एकजना र २५ जनाहरुमा अन्य अपराधिका गतिविधिलगायत शान्ति भाँड्ने किसिमको अपराधको सन्दर्भमा हिरासतमा लिइएको थियो । माथिका सबै पचपन्नजनाहरुमध्ये पचासजनाहरु बिना कुनै पुलिस चार्ज रिहा हुने भएका छन् भने पाँचजनालाई एण्टी टेरोरिज्म एक्टअन्तर्गत पुलिसले चार्ज फाइल गरिसकेको छ ।

-देब, मेस, श्रोत- स्कटल्याण्ड यार्ड पुलिस फोर्स,