प्रधानमन्त्री खड्गप्रसाद भारतीय राजदूतको शरणमा

प्रधानमन्त्री खड्गप्रसाद भारतीय राजदूतको शरणमा


प्रधानमन्त्री & भारतीय राजदूत

राष्ट्रवादको नाममा भारतविरोधि अभियान चलाएर आफूलाई ‘नायक’ दर्शाउने प्रयास गर्दै आएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले छिमेकी मित्रराष्ट्र भारतका राजदूत रणजीत रायलाई आइतबार साँझ रात्रीभोज दिनुभएको छ । नेपालका लागि भारतीय राजदूत रणजीत रायसहित दूतावासका उच्चपदस्त कर्मचारीहरूलाई प्रधानमन्त्री ओलीले गुपचुप तवरले रात्रीभोज दिनुलाई रहश्यपूर्ण ठानिएको छ ।

बालुवाटार सुत्रले जनाएअुसार गौशालास्थित द्वारिका होटलमा आयोजित रात्रीभोजमा प्रधानमन्त्री ओलीले भारतीय राजदूत रायका अलावा दूतावासका डिसिएम विनय कुमारलगायतलाई आतिथ्यता प्रदान गरेका छन् । भारतीय राजदूत रायसहितको टोलीलाई प्रधानमन्त्रीले कुनै भोजमा आमन्त्रण गरेको यो पहिलो अवसर हो ।

नेपाली कांग्रेसको कमाण्ड शेरबहादुर देउवाले सम्हालेलगत्तैदेखि सुरु भएको सरकार परिवर्तनको चर्चा यतिबेला थामिनुको साटो झन् चर्किएर गएको छ । यति मात्र होइन, सत्ता गठबन्धनका प्रमुख घटक एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायत विभिन्न साना दलले पनि सरकार तथा प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचनासहित विरोध गर्न सुरु गरेका छन् । सत्तासाझेदार दलको विरोधको आवाज चर्किन थालेलगत्तै यसरी भोज खुवाएर राजदूतको विश्वास हासिल गर्न खोज्नु प्रधानमनत्री खड्गप्रसाद ओलीको लागि कति आवश्यकता र कति बाध्यताको विषय हो, त्यसको लेखाजोखा हुँदै गर्ला । तर, भारतको विरोध गरेर नेपाली जनतासमक्ष आफूलाई पर्याप्त भ्रम छर्न प्रकारान्तरले सफल देखिनुभएका ओलीले भारतसँग चिसिएको व्यक्तिगत सम्बन्धलाई सुधार्न पछिल्लो समय निकै कसरत गर्न थाल्नुभएको ओलीनिकट स्रोतको दाबी छ ।

यस्तोमा मित्रराष्ट्र भारतका राजदूतलाई सुटुक्क रात्रीभोजमा आमन्त्रण गर्नुलाई बिग्रिएको सम्बन्धलाई सहजीकरण गर्दै सत्ताको आयु लम्ब्याउनु नै प्रधानमन्त्री ओलीको अभीष्ट रहेको बुझ्न कठिन छैन । जनतासामू छिमेकी भारतको विरोध गरेर आफूलाई ‘हिरो’ दर्शाउन खोज्ने खड्गप्रसाद ओलीको सत्ता टिकाउने यो प्रयास कति प्रभावकारी सावित होला या प्रत्युत्पादक बन्ला, प्रतीक्षाको विषय बनेको छ ।
खड्गप्रसाद & भारतीय राजदूत