सुनसरी उवा संघमा साह

सुनसरी उवा संघमा साह


Manita 1

धरान । सुनसरी उद्योग वाणिज्य संघको सोमबार सम्पन्न निर्वाचनबाट राजेन्द्र साह अध्यक्ष पदका लागि चुनिएका छन् । साहले आफ्ना प्रतिस्पर्धी कृष्णकुमार अग्रवाललाई ४१ मतको अन्तरले पराजित गरेका थिए । साहले कुल १ हजार १ सय २९ मतमध्ये ५ सय ६७ मत ल्याए भने अग्रवालले ५ सय २६ मत ल्याएका थिए । अध्यक्षका लागि खसेको कुल मतमध्ये २१ मत बदर भएको थियो । संघको नेतृत्वका लागि यसअघि तीन पटकसम्म हार व्यहोरेका साहले चौथो पटकमा नेतृत्व हत्याउन सफल भएका छन् । उनी पूर्व उद्योगसचिव हुन् भने अग्रवाल पूर्वउपाध्यक्ष हुन् ।

यसैगरी वाणिज्यतर्फ नवीन राजभण्डारीले ४ सय १३ मत ल्याई विजय भएका छन् भने गिरीधारी सापकोटाले ४ सय ७, मनोज श्रेष्ठले ३ सय ६९, उपेन्द्र चाम्लिङले ३ सय ३० किसन मास्केले ३ सय २१ मान बहादुर दियालीले ३ सय १ र राजेश अग्रवालले २ सय ९५ मत ल्याई विजयी भएका थिए । अन्तिम आठौँ नम्बरमा विजयी भएका राजेश अग्रवाल र शशी साहले समान २ सय ९५ मत ल्याएपछि उनिहरूबीच गोलाप्रथाबाट विजयी सदस्य छानिएको थियो ।

यस्तै, वाणिज्यकै महिलातर्फ भएको निर्वाचनमा शुभेच्छा अधिकारीले २ सय ९९ मत ल्याई विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी मधु स्थापितले १ सय ७२ मत मात्र ल्याइन् । कुल मतदाता ८ सय ९३ रहेको वाणिज्यमा ७ सय ६७ मत खसेको थियो जसमा १३ मत बदर भयो । यसैगरी उद्योगतर्फ भएको निर्बाचनमा विजय श्रेष्ठले सबैभन्दा बढी १ सय ९४ मत ल्याई विजयी भएका थिए । उनी निवर्तमान महासचिवसमेत हुन् । यस्तै महेन्द्र प्रधान १ सय ७० मत, शिवराज श्रेष्ठ १ सय ६३ मत, र पियुष आचार्यले १ सय ५७ मत ल्याई विजयी भए । संघको एसोसिएट्सतर्फ अनिल अग्रवाल र सञ्जय अटल, उद्योगतर्फ महिलामा विमला श्रेष्ठ र वस्तुगततर्फ दिपककुमार श्रेष्ठ यसअघि नै सर्वसम्मतले निर्वाचित भएको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले बताए ।

– मनिता चाम्लिङ