ऋचालाई राहत

ऋचालाई राहत


Richa Sharma
आफूले अभिनय गरे
का फिल्म लगातार असफल हुँदा तनावमा रहेकी ऋचा शर्माले अहिले भने राहतको अनुभूति गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘बाटोमुनिको फूल–२’ ले राम्रो व्यापार गरेपछि बधाई दिनेहरू निकै देखिए । त्यसो त उनले अभिनय गरेका फिल्म असफल भए पनि अभिनयको तारिफ गर्नेहरू पनि धेरै थिए ।
चुजी नायिकाको परिचय बनाएकी ऋचा लगातार फिल्म असफल हुँदा तनावमा थिइन् भने प्रतिस्पर्धी नायिकाको तुलनामा उनको यात्रा अनिश्चितजस्तै बनेको थियो । हेरौँ अब उनको गति कुन स्पिडमा बढ्ने हो ?