मल्लिकाले सुटुक्क गरिन् दोस्रो बिहे

मल्लिकाले सुटुक्क गरिन् दोस्रो बिहे


Mallika-Sherawat

बलिउडकी ३९ वर्षीया बोल्ड अभिनेत्री मल्लिका सेरावतले आफ्ना प्रेमी साइरिल अक्जेनफेन्ससँग पेरिसमा सुटुक्क विवाह गरेकी छिन् । वैवाहिक कार्यक्रमलाई अझै गुपचुप राख्ने प्रयास गरिएको छ । मल्लिकाको बुबा मुकेश लामाले मल्लिकाले बिहे गरेको जानकारी दिँदै चाँडै रिसेप्सन पार्टी दिने तयारी भएको बताए ।

करिब २० वर्षअघि नै पञ्जावका एक पुरुषसँग विवाह गरे पनि मल्लिकाको सो वैवाहिक सम्बन्ध चार वर्षमै टुटेको थियो । वैवाहिक बन्धन तोडिएपछि उनी बलिउड प्रवेश गरेकी थिइन् । मल्लिकाका नयाँ दुलाहा साइरिल पेरिसका रियल स्टेट व्यवसायी हुन् । उनी पछिल्लो केही दिनयता मल्लिकासँग डेटिङमा रहेका खबर आइरहेका थिए । त्यसो त केही दिनअघि मात्रै मल्लिकाले पनि सामाजिक सञ्जालमार्फत साइरिलसँगको तस्बिर सार्वजनिक गरेकी थिइन् । अहिले मल्लिका पेरिसमै छिन् । उनी ११ देखि २२ मेमा हुने ६९औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुने तयारीमा छिन् । मल्लिकासँगै ऐश्वर्या राय, सोनम कपुरलगायत पनि कान्समा सहभागी हुने भएका छन् । हिन्दी चलचित्र ‘ख्याहिस’बाट बलिउडमा डेब्यु गरेकी मल्लिकाले ‘मर्डर’मा अभिनय गरेपछि अत्यधिक चर्चा पाएकी थिइन् । एक दर्जनभन्दा बढी हिन्दी चलचित्रमा काम गरेकी मल्लिकाले पछिल्लो समय हलिउड फिल्म ‘द लास्ट टाम्ब’मा काम गरेकी छिन् ।