झरनालाई निर्देशनको रहर बरिलै !

झरनालाई निर्देशनको रहर बरिलै !


jharana thapa 2

नायिका झरना थापाले निर्देशक बन्छु भनेको दुई वर्षभन्दा बढी भयो । ए मेरो हजुर नामको फिल्म निर्देशन गर्छु भनेकी झरनाले अहिलेसम्म ‘एक्सन’ र ‘कट्’ भन्ने हिम्मत गरेकी छैनन् । कहिले स्क्रिप्ट गतिलो नपाएको त कहिले भनेजस्तो कलाकार नभेटेको तर्क गर्ने झरनाले पनि बहाना मात्रै बनाएको भन्नेहरू धेरै छन् । त्यसो त पछिल्लो समय उनी अभिनयमा पनि निष्क्रियजस्तै छिन् । उनले अभिनय गरेको फिल्मले बजारमा कमाल गर्न सकेको छैन ।

केही फिल्ममा काम गरेपछि निर्देशन सुरु गर्नु नेपाली कलाकारको नियमित प्रवृत्तिजस्तै बनेको छ । रेखा थापा एउटै फिल्मबाट थाकिन् भने बुढेसकालमै भए पनि निर्देशन गरेर भुवन केसीचाहिँ कमाल देखाउन सफल भए । यसैबाट प्रेरित भएर हो कि ढिलै भए पनि झरना निर्देशन गरेरै छाड्नेमा दृढ छिन् । तर, हेर्न बाँकी छ, उनको निर्देशन यात्रा सुरु भई निरन्तर बग्छ या रहरमै टुङ्गिन्छ ।