बलिउड सुन्दरीहरुले तताए टुँडिखेल

बलिउड सुन्दरीहरुले तताए टुँडिखेल


Sonakshi

भारतको चलचित्र नगरी बलिउडका दुई हस्ती चर्चित नायिका सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले मनोरन्जनात्मक कार्यक्रममार्फत शनिबार राजधानीको माहोल तताए । सैनिक श्रीमती सङ्घको आयोजनामा ‘अमरपन्छी’ नाम दिइएको उक्त भव्य कार्यक्रममा नेपाली नायिकाहरु, रेखा थापा, प्रियङ्का कार्की, निशा अधिकारी, ऋचा शर्मालगायतले नृत्य गरेका थिए ।

भूकम्पपीडितको सहयोगार्थ टुँडिखेलमा आयोजित कार्यक्रममा बलिउडका विभिन्न चर्चित गीतमा नृत्य प्रस्तुत गरेर उनीहरुले नेपाली दर्शकको मन जितेका हुन् । उनीहरु ‘साडी का फाल्सा म्याच किया रे’, ‘गन्धी बात’, ‘मुन्नी बदनाम हुई’, ‘अनारकली डिस्को चली’ लगायत गीतमा नाचेका थिए ।

KTM_