यसरी गरे प्रचण्ड र ओलीलाई बाबुरामले प्रहार

यसरी गरे प्रचण्ड र ओलीलाई बाबुरामले प्रहार


जेठ अन्तिम साता डा. भभट्टराईको नयाँ पार्टी घोषणा हुने

प्रधानमन्त्री खड्गप्रसाद ओलीका पछिल्ला अभिव्यक्तिप्रति तिखो प्रहार गर्दै संयोजक भट्टराईले भने– ‘नवउदारवादी विचारको संकटले डोनाल्ड ट्रम्प जन्मायो भने राज्य केन्द्रित समाजवादी अथवा कम्युनिष्ट भन्ने धारले हाम्रा केपी ओलीहरु जन्माइरहेका छन्, यी दुवै संकटमा अभिव्यक्ति हुन्, अत्यन्तै उत्पट्याङ कुरा गरेर जनताको ध्यान अन्यत्र मोड्ने प्रवृत्तिले अन्ततः एउटा डरलाग्दो फासीवादी आधार तयार पार्ने काम भइरहेको छ ।’ उनले दोस्रो विश्व युद्धपछि हिटलरले पनि त्यहाँ देखिएको संकटलाई अन्ध राष्ट्रवादी कुरा गरेको उदाहरण दिँदै भने– ‘जस्तो डोनाल्ड ट्रम्पले मुस्लिमहरुलाई छिर्नै नदिने कुरा अत्यन्त विकसित देशमा पनि गरिरहेका छन्, हाम्रोजस्तो पिछडिएको देशमा केपी ओलीजीले ठ्याक्कै त्यसको नक्कल गरिराख्नुभएको छ ।’

Naya Sakti Press Meet (1)

प्रचण्डको नेतृत्वमा विभिन्न माओवादी घटकहरू एक भएको भोलिपल्टै पूर्वमाओवादी नेता एवम् नयाँ शक्ति नेपालका संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको आवश्यकता एकीकरण नभएर ध्रुवीकरण भएको दाबी गरेका छन् । नयाँ शक्ति नेपालले पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै डा. भट्टराईले भने– ‘यो एकीकरणको समय होइन, ध्रुवीकरणको बेला हो, पुराना टुक्राहरु जोडेर एउटा बनाउनु एकीकरण हो, यसले इतिहासको आवश्यकतालाई पूरा गर्दैन ।’

संयोजक भट्टराईले एकीकरण भनेको सुकेका रुखका ठूटाहरुलाई कलमी गरेर जोड्नुजस्तै भएको तर्क गर्दै भने– ‘एकीकरण भनेको सुकेका रुखका ठूटाहरुलाई जोडेर फेरि एउटा कलमी रुख बनाउनु हो, तर ध्रुवीकरण भनेको नयाँ एजेन्डाको आधारमा जगैदेखि नयाँ बनाउने कुरा हो ।’ अहिलेको इतिहासको आवश्यकतालाई पूरा गर्न नितान्त नयाँ रुख हुर्काउनुपर्ने वा नयाँ घर बनाउनुपर्नेमा उनले जोड दिए । उनले नयाँ शक्ति नयाँ ध्रुवीकरणमार्फत वैकल्पिक राजनीति सिर्जना गर्ने पक्षमा रहेका प्रस्ट्याए ।

सो अवसरमा संयोजक भट्टराईले नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा जेठ ३० गते गरिने जानकारी दिँदै अहिले यो अभियान अन्तरिम कालखण्डमा रहेको जानकारी दिए । ‘वैकल्पिक राजनीति अभियान हुनुको नाताले यसको विचार नीति र कार्यक्रम मात्रै होइन, यसको निर्माण विधि पनि नयाँ हुन्छ,’ उनले भने, ‘स्थापना भेलामा साधारण सदस्यहरु समेत उपस्थित भएर सबैले सामूहिक सपथ ग्रहण गरेर प्रतिवद्धता व्यक्त गर्दछौं ।’
उनले पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना र संगठनात्मक सिद्धान्त र विधान प्रतिवेदन गरी तीनवटा दस्तावेज तयार भइसकेको जानकारी दिए । तयार भएको दस्तावेजलाई हामी ११ र १२ गते डाकिएको सचिवालय बैठकबाट पारित गरेर जनताको लागि सार्वजनिक गर्दछौँ भन्दै उनले दस्तावेजहरु सार्वजनिक गरेर जनताको सुझाव र सल्लाह लिँदै परिमार्जनसहित जेठ ३०, ३१ र ३२ गतेको पार्टी स्थापना राष्ट्रिय भेलामार्फत जारी गर्ने जानकारी दिए ।

कार्यक्रममा डा. भट्टराईले नयाँ शक्तिको मान्यता नै सकारात्मक सोच राख्नु हो भन्दै अरुले भन्ने नकरात्मक कुराप्रति ध्यान दिएर टिकाटिप्पणी गर्दै आफूहरु समय बर्बाद नगर्ने बताए । आफू राम्रो काम नगर्ने, अनावश्यक र उट्पट्याङ टिप्पणी गरेर ध्यान विकेन्द्रित गर्दै बस्ने पुरानो शक्तिको सोच र अभ्यास रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीका पछिल्ला अभिव्यक्तिप्रति तिखो प्रहार गर्दै संयोजक भट्टराईले भने– ‘नवउदारवादी विचारको संकटले डोनाल्ड ट्रम्प जन्मायो भने राज्य केन्द्रित समाजवादी अथवा कम्युनिष्ट भन्ने धारले हाम्रा केपी ओलीहरु जन्माइरहेका छन्, यी दुवै संकटमा अभिव्यक्ति हुन्, अत्यन्तै उत्पट्याङ कुरा गरेर जनताको ध्यान अन्यत्र मोड्ने प्रवृत्तिले अन्ततः एउटा डरलाग्दो फासीवादी आधार तयार पार्ने काम भइरहेको छ ।’ उनले दोस्रो विश्व युद्धपछि हिटलरले पनि त्यहाँ देखिएको संकटलाई अन्ध राष्ट्रवादी कुरा गरेको उदाहरण दिँदै भने– ‘जस्तो डोनाल्ड ट्रम्पले मुस्लिमहरुलाई छिर्नै नदिने कुरा अत्यन्त विकसित देशमा पनि गरिरहेका छन्, हाम्रोजस्तो पिछडिएको देशमा केपी ओलीजीले ठ्याक्कै त्यसको नक्कल गरिराख्नुभएको छ ।’

meet the press of Dr Baburam