नेपालमा अवैधानिक मेडिकल प्याक्ट्रिस

नेपालमा अवैधानिक मेडिकल प्याक्ट्रिस


नागरिक सचेतकता जरुरी
नेपालका तथा विदेशका केही स्वास्थ्यकर्मीहरुले हाम्रो देशका विभिन्न स्वास्थ्य निकायहरुमा आवद्ध रहेर गैरकानूनी रुपले मेडिकल प्याक्ट्रिस गर्ने गरेका छन् । MBBS मात्र गरेका चिकित्सकहरुले आफूलाई विशेषज्ञ भनेर बिरामीहरु झुक्याउने गरेका उदाहरण प्रशस्तै छन् । कतिपय CMA, HA ले आफूलाई डाक्टर भनी बिरामी तथा अन्य व्यक्त्तिलाई ठग्ने गर्दछन् । विदेशका केही डाक्टरहरुले अवैधानिक रुपले आफ्नो मेडिकल प्याक्ट्रिस नेपालमा गर्ने गरेका छन् । यस्ता घटनालाई स्वास्थ्य निकायको चलाखी, स्थानीय प्रशासनको लापरवाही र नेपाल मेडिकल काउन्सिलको लाचारिताले बढ्ने मौका दिएको छ ।
ठूला अस्पताल, स्वास्थ्य निकाय तथा सस्थांमा नेपाल मेडिकल काउन्सिलको नियमित सर्वेक्षणले यस्ता घटना सजिलै हुन सक्दैन । तर विशेषतः काठमाडौं बाहिरका साना स्वास्थ्य निकाय, क्लिनिकहरुमा यस्ता अवैधानिक मेडिकल प्याक्ट्रिस छ्याप्छ्याप्ती हुने गरेका छ्न । नेपाल मेडिकल काउन्सिलले चैत १ गते सार्वजनिक सूचना प्रकाशित गरेर आचारसंहिता विपरीत कार्य नगर्न ध्यानाकर्षण गराएको थियो । तर प्रमाणसहित (Figure 1) त्यस्तो जानकारी दिएको २ महिना बितिसक्दा पनि कुनै कारवाही भएको छैन र गैरकानूनी काम गर्नेहरु निर्धक्क जनता झुक्याउने अनि राज्यमा व्याप्त दण्डहीनताको फाइदा उठाइरहेछन् । (Figure 2) दण्डहीनताको कारणले हाम्रो देशको अन्य क्षेत्रमा फैलिएको अराजकता र अनैतिकताले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा पनि असर पुर्‍याउनु ज्यादै दुर्भाग्यपूर्ण हो ।

काठमाडौं बाहिरका बिरामीहरुलाई चिकित्सकहरुको सजिलो पहुँच छैन । त्यसमाथि विशेषज्ञ डाक्टरकहाँ पुग्न अझ गाह्रो छ । काठमाडौं बाहिरका बिरामी कम शिक्षित तथा आर्थिक रुपले विपन्न हुने हुँदा यस्तो अराजकताको सजिलै शिकार हुन्छन् । विदेशी डाक्टर कुनै एक स्वास्थ्य निकायमा नेपाल मेडिकल काउन्सिलबाट दर्ता हुन पाउँछन्, तथापि नेपाली डाक्टर जस्तै अवैधानिक रुपले क्लिनिकहरु धाउने गर्छन् । बिरामी हेर्छन्, कोही अपरेशन पनि गर्छन् । बिरामीलाई केही भई हालेमा कारवाहीमा पर्ने डर त हुन्छ, तर त्यस्तो प्रकृया शुरु हुनुअघि सजिलै भारत पलायन हुनसक्छन् । त्यसमाथि अशिक्षित बिरामीका अभिभावकले केही गरिहाल्न सक्दैनन् परेको ब्यहोरेर चुपचाप बस्छन् भनी यस्ता गैरकानूनी काम गर्न थप बल पुग्छ ।

प्याक्ट्रिस गराउने संस्थाले स्थानीय निकाय, राजनीतिक धारका व्यक्तिसँग साठगाँठ गर्ने गर्छन् जसले गर्दा यी कुरा स्थानीय रुपमा उठ्न पाउँदैनन् । तर यसरी देशका अन्य क्षेत्रमा जस्तै वैदेशिक हस्तक्षेप र थिचोमिचोले यो स्वास्थ्य क्षेत्रमा पनि असर गर्दा बिरामी सही उपचारबाट बिमुख त हुन्छन् साथै अप्ठ्यारो स्थिति पर्दा न्याय नपाउने स्थिति पनि छँदै छ ।

उदाहरण
१. रजनिश झा: नेपालगंज मेडिकल कलेजमा कार्यरत CMA आफूलाई ENT Doctor भन्दै टिकापुरस्थित संजय मेडिकल हलमा प्याक्ट्रिसको लागि जाने गरेको ।
२.डा. ए. शुक्लाः नेपालगंज मेडिकल कलेजको मेडिसिन विभागमा कार्यरत तथा सम्बन्धित भारतीय डाक्टर, अवैधानिक रुपले टिकापुरस्थित संजय मेडिकल हलमा प्याक्ट्रिसको लागि जाने गरेको ।
३.डा. दिनेश कुमार मिश्राः नेपालगंज मेडिकल कलेजको ENT विभागमा कार्यरत तथा सम्बन्धित भारतीय डाक्टर, अवैधानिक रुपले धनगढीस्थित नवजीवन हस्पिटलमा प्याक्ट्रिसको लागि जाने गरेको । प्रमाणको रुपमा फोटो संलग्न गरिएको ।
४.डा विजयालक्ष्मी: नेपालगंज मेडिकल कलेजको स्त्री रोग विभागमा कार्यरत तथा सम्बन्धित भारतीय डाक्टर, अवैधानिक रुपले कैलालीस्थित घोडाघोडी हस्पिटलमा प्याक्ट्रिसको लागि जाने गरेको ।
५.डा ललेतेन्दु जया: नेपालगंज मेडिकल कलेजको स्त्री रोग विभागमा कार्यरत तथा सम्बन्धित भारतीय डाक्टर, अवैधानिक रुपले धनगढीस्थित हस्पिटलमा प्याक्ट्रिसको लागि जाने गरेको ।

नेपाल मेडिकल काउन्सिललाई पटक पटक सचेत गराउँदा पनि कुनै कदम उठाउन सकेको देखिँदैन । (माघ २० गते बुझाइएको निवेदन साथै संलग्न गरिएको) सरकार आफै कहिले सक्षम बन्ने हो थाहा छैन । सो अवस्थामा नागरिक सचेत हुनु नै एउटा मात्रै विकल्प हो ।

नेपाल मेडिकल काउन्सिलमा माघ २० गते बुझाइएको पत्र
मिति -२०६७।१०।२०
श्रीमान् अध्यक्ष ज्यृ्,
नेपाल मेडिकल काउन्सिल
विषयः अवैधानिक मेडिकल प्याक्ट्रिसबारे
महोदय,
उपरोक्त सम्बन्धमा नेपालका तथा विदेशका केही स्वास्थ्यकर्मीहरुले हाम्रो देशका विभिन्न स्वास्थ्य निकायहरुमा आवद्ध रहेर गैर कानूनी रुपले मेडिकल प्याक्ट्रिस गर्ने गरेका छन् । MBBS मात्र गरेका चिकित्सकहरुले आफूलाई विशेषज्ञ भनेर बिरामीहरु झुक्याउने गरेका उदाहरण प्रशस्तै छन् । कतिपय CMA, HA ले आफूलाई डाक्टर भनी बिरामी तथा अन्य व्यक्त्तिलाई ठग्ने गर्दछन् । विदेशका केही डाक्टरहरुले अवैधानिक रुपले आफ्नो मेडिकल प्याक्ट्रिस नेपालमा गर्ने गरेका छन् । यस्ता घटना मौखिक रुपमा चर्चा गरिए पनि लिखितरुपमा नाम खुलाएर दिनु पर्ने भनिएकोले यहाँ केही उदाहरण यो निवेदनसाथ संलग्न गरिएको छ ।

यस निवेदनलाई आधार मानी त्यस्ता व्यक्तिउपर आवश्यक कारवाही गरियोस् तथा भविष्यमा चिकित्सा पेशाजस्तो गरिमामय तथा संवेदनशील क्षेत्रमा यस्ता कार्य नदोहोरियोस् भनी आवश्यक कदम उठाइयोस् भनेर यो निवेदन पेश गरिन्छ ।
निष्पक्ष र कानूनसम्मत रुपले चिकित्सा पेशा अंगालेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको तर्फबाट

उदाहरण
१. रजनीश झा: नेपालगंज मेडिकल कलेजमा कार्यरत CMA आफूलाई ENT Doctor भन्दै टिकापुरस्थित संजय मेडिकल हलमा प्याक्ट्रिसको लागि जाने गरेको ।
२.डा. ए. शुक्लाः नेपालगंज मेडिकल कलेजको मेडिसिन विभागमा कार्यरत तथा सम्बन्धित भारतीय डाक्टर, अवैधानिक रुपले टिकापुरस्थित संजय मेडिकल हलमा प्याक्ट्रिसको लागि जाने गरेको ।
३.डा. दिनेश कुमार मिश्राः नेपालगंज मेडिकल कलेजको ENT विभागमा कार्यरत तथा सम्बन्धित भारतीय डाक्टर, अवैधानिक रुपले धनगढीस्थित नवजीवन हस्पिटलमा प्याक्ट्रिसको लागि जाने गरेको । प्रमाणको रुपमा फोटो संलग्न गरिएको ।
-पंकज श्रेष्ठ,