थेरापीले सकिराको आत्मविश्वास बढायो

थेरापीले सकिराको आत्मविश्वास बढायो


‘हिप्स डन्ट लाइ’ एल्बमबाट विश्वभरि ख्याति कमाएकी सकिरा आफ्नो नकारात्मक सोचबाट छुटकारा पाउनका लागि विगत एक दशकदेखि थेरापी गर्दै आएको रहस्य हालै खुलेको छ । कोलम्बियाकी चर्चित पपस्टार सकिराले सन् २००१ देखि नै आत्मविश्वास बढाउनका लागि थेरापी गर्दै आएको बताएकी छिन् । प्राप्त जानकारी अनुसार आफ्नो ‘फिगर’ अर्थात् शारीरिक बनावटप्रति ज्यादै चिन्तित रहने भएकीले त्यसबाट छुटकारा पाउन उनले थेरापी गर्ने गरेकी थिइन् । फिगरप्रतिको चिन्ताले सकिराको आत्मविश्वासमा कमी आएका कारण उनले नियमित थेरापी गरेको बुझिएको छ । आत्मविश्वास बढाउने थेरापी गरेपछि सकिराले यसले आफ्नो जीवनलाई सन्तुलित बनाइराख्न निकै मद्दत पुगेको बताएकी छिन् । सकिराले थेरापीको प्रभावभकारिताबारे आफ्नो सम्बन्ध र शारीरिक बनावटलाई सन्तुलन राख्न निकै मद्दत गरेको स्पष्ट पारेकी छिन् ।

आफ्नै गर्भ थाहा छैन बियोन्सलाई
प्रायः विभिन्न कारणले चर्चामा आइरहने गायिका बियोन्स नोल्स यसपटक गर्भवती भएको समाचारले चर्चामा आएकी छिन् । गत साता नोल्स गर्भवती भएको समाचार एक वेबसाइडमा राखिएपछि यो खबर संसारभरि फैलिएको थियो । नोल्स गर्भवती भएको खबर उनकै प्रवक्ता एलन निरबले सार्वजनिक गरेका थिए । पछि नोल्सले आफू गर्भवती नभएको र भ्रम फैलाउनका लागि मात्र यस्तो खबर छापिएको कुरा बताएकी थिइन् । खबरमा नोल्स पहिलोपटक आमा बन्न लागेको कुरा छापिएको थियो । त्यसपछि गायिका नोल्सका प्रतिनिधिहरूले यो खबर झुटो भएको बताउ“दै सत्यता विश्वास गर्न आग्रह गरेका थिए । नोल्स गर्भवती छिन् या छैनन्, त्यो भविष्यले बताउने भए पनि उनकी प्रवक्ता निराब यतिबेला चुपचाप लागेर बस्नुलाई रहस्यमय मानिएको छ । हेरौं सा“चो र झुटो के हो – त्यो थाहा पाउन केही समय प्रतीक्षा गर्नु नै बेस होला । -नवीन उपे्रती