‘सिनेमाण्डु’मा रविन्द्रनाथ टैगोर

‘सिनेमाण्डु’मा रविन्द्रनाथ टैगोर


Pr pic 12

बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासको संयुक्त आयोजनामा गत साता नेपाल–भारत मैत्री पुस्तकालयमा ‘सिनेमाण्डू’को २६औँ श्रृङ्खला आयोजना गरियो । नोवेल पुरस्कार विजेता विश्वविख्यात भारतीय कवि रविन्द्रनाथ टैगोरको जीवनीमा आधारित सत्यजीत रेद्वारा निर्देशित फिल्म प्रदर्शन गरिएको सो कार्यक्रममा प्रसिद्ध नेपाली सिनेकर्मी प्रकाश सायमिले रविन्द्रनाथ टेगोरको जीवनी, भारतीय साहित्यमा उनको योगदान तथा टेगोरका रचनाको नेपाली साहित्यमा प्रभावबारे प्रस्ट्याए । कार्यक्रममा लेखक, कवि, सञ्चारकर्मी, युवा तथा विद्यार्थीलगायत उपस्थित थिए ।

जतिन दास राजधानीमा

भारतका सुप्रसिद्ध कलाकार जतिन दास यतिबेला काठमाडौंमा छन् । बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र नेपाल कला प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा हिजो मंगलबार कलाकार जतिन सञ्चारकर्मीसमक्ष प्रस्तु हुनुभयो । मल्ल होटलमा आयोजित साक्षात्कारमा विगत पचास वर्षदेखि पेन्टिङमा समर्पित काकार जतिन दासले भारत र विदेशमा गरी आफूले ६८ पटक एकल चित्रकला प्रदर्शनी गरेको र स्वदेश तथा विदेशका अन्य कैयन कला प्रदर्शनीमा सहभागी भएको जानकारी दिनुभयो । सन् २०१२ मा ‘पद्मभुषण’ जस्तो उच्च पदवीबाट सम्मानित दासले अन्य थुप्रै स्वदेशी तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान हासिल गर्नुभएको छ ।

कार्यक्रममा उहाँले दक्षिण एसियाको सांस्कृतिक विरासतबारे चर्चा गर्दै प्रकृति संरक्षणको अपरिहार्यता औंल्याउनुभयो । पछिल्लो साता दिनदेखि नेपालमा रहनुभएका दासले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा समेत कलासम्बन्धी प्रवचन दिइसक्नुभएको छ ।
Jatin das