अम्बर गुरुङलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

अम्बर गुरुङलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार


गम्भीर बिमारीलाई जितेर यतिबेला आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएका नेपाली सङ्गीत क्षेत्रका अथक साधक एवम् राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार प्रदान गरी सम्मानित गर्ने भएको छ । पुरस्कारको राशि ७० हजार र सम्मानपत्र रहेको सो पुरस्कार सङ्गीतकार गुरुङलाई उहाँकै निवासमा प्रदान गरिने समितिले जनाएको छ । यसअघि सो पुरस्कारबाट फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, प्रेमध्वज प्रधानलगायत व्यक्तित्व पुरस्कृत भइसकेका छन् ।

Ambar