काठमाण्डुको मान्छे

काठमाण्डुको मान्छे


rajendra thapa

– राजेन्द्र थापा

काठमाण्डुको मान्छेलाई
भोटे कुकुर मनपर्छ — भोटे मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
आँप मनपर्छ — मदिसे मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
हिमाल मनपर्छ — शेर्पा मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
मैचाङ मनपर्छ — तामाङ मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
कम्लरी मनपर्छ — थारू मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
बिजुली मनपर्छ — कर्णालीको मान्ठा मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
राजेशपायल राई मनपर्छ — खोटाङ मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
रामवरण यादव मनपर्छ — धनुषा मनपर्दैन
काठमाण्डुुको मान्छेलाई
शिव परियार मनपर्छ— दलित मनपर्दैन
काठमाण्डुु हिजो पनि यस्तै थियो
काठमाण्डुु आज पनि यस्तै छ
काठमाण्डुु भोलि पनि यस्तै रहनेछ
भोटे आउँछ — काठमाण्डुु भइदिन्छ
मदिसे आउँछ — काठमाण्डुु भइदिन्छ
शेर्पा आउँछ — काठमाण्डुु भइदिन्छ
तामाङ आउँछ — काठमाण्डुु भइदिन्छ
थारू आउँछ — काठमाण्डुु भइदिन्छ
बिजुली आउँछ — काठमाण्डुु भइदिन्छ
राजेशपायल राई आउँछ — काठमाण्डुु भइदिन्छ
रामवरण यादव आउँछ — काठमाण्डुु भइदिन्छ
शिव परियार आउँछ — काठमाण्डुु भइदिन्छ
जो–जैले जहाँबाट आउँछ — काठमाण्डुु भइदिन्छ
००
काठमान्डुको मान्छेलाई
भोटे मनपर्दैन — मदिसे मनपर्दैन
शेर्पा मनपर्दैन — तामाङ मनपर्दैन
थारू मनपर्दैन — कर्णाली मनपर्दैन
खोटाङ मनपर्दैन — धनुषा मनपर्दैन
काठमाण्डुुको मान्छेलाई भोटे कुकुर मनपर्छ
काठमाण्डुुको मान्छेलाई भोटे कुकुर मनपर्छ ।