सबैलाई पछि पार्‍यो ताजमहलले

सबैलाई पछि पार्‍यो ताजमहलले


विश्वका सात आश्चर्यमध्येको एक भारतको ताजमहल अहिले पनि पर्यटकका लागि पहिलो रोजाइ बन्ने गरेको छ । एसियाको सबैभन्दा लोकप्रिय धरोधरको रूपमा रहेको ताजमहललाई प्रेमको प्रतीक मानिन्छ । केही समय पहिले मलेसियाको क्वालालम्पुरमा आयोजना भएको एसियन अक्ट्रयाक्सन एक्स्पो-२०१० मा ताजमहललाई एसियाको सबैभन्दा लोकप्रिय ठाउँ घोषित गरिएको थियो । ६ समूहमा विभाजन गरिएको उक्त सम्मान समारोहमा ताजमहल ९४ हजार ९९ भोट प्राप्त गरेर एसियाको सबैभन्दा लोकप्रिय धरोधरको रूपमा चिनिन सफल भएको थियो । ताजमहलपछि सिङ्गापुरको सेनतोसा लोकप्रिय स्थानमा परेको थियो ।

केटीभन्दा केटा नै बेइमान
हालै गरिएको एक अध्ययनले केटीभन्दा केटा बेइमान हुने देखाएको छ । उक्त ताजा अध्ययनले हरेक पाँच जोडीमध्ये एउटा बेइमान हुने निष्कर्ष निकालेको छ । चार जोडी आफ्नो साथीप्रति इमान्दार हुने भए पनि एक जोडीको मुटु अर्को साथीको लागि पनि धड्किने बताएको छ । अध्ययनका क्रममा तीन हजार व्यक्तिसँग राय लिएकोमा पचास प्रतिशत साथीले आफ्नो साथीप्रति इमान्दारिता प्रकट गरे पनि बाँकी पचास प्रतिशतको अरूप्रति पनि झुकाव रहेको पाइएको थियो । प्रत्येक ६ मध्ये एकले आफ्नो झुकाव अरूसँग पनि भएको र सम्बन्ध गाँस्न इच्छुक भएको बताएका थिए । अध्ययनकै क्रममा धेरैजसो व्यक्तिले कसैप्रति जागृत भएको चाहनालाई रोक्न नसकिने बताएका थिए । ती व्यक्तिहरूले आफ्नो साथीप्रति इमान्दार व्यक्तिले पनि चाहना नहुँदानहँुदै पनि अर्को साथीप्रति सोच्न बाध्य हुने बताएका थिए । यसरी यो अध्ययनले केटीहरू आफ्ना पुरुष साथीप्रति इमान्दार रहने तर उनीहरूको तुलनामा केटाहरू निकै बेइमान हुने दर्शाएको छ ।

बलात्कारी आमा गिरफ्तार
सहोदर आमाले छोरासँग यौनसम्पर्क राखिन् भन्दा अपत्यारिलो लाग्छ सक्छ । नेपाली समाजमा त यस्तो कुराको कल्पनासमेत गर्न सकिँदैन । तर, यो कुरा सत्य हो । अमेरिकाको मिसिगनमा बस्दै आएकी ३६ वर्षीया एमी एल. स्वार्डले आफैंले जन्माएको १४ वर्षो छोरासँग यौनसम्बन्ध राखेर आमा-छोराको पवित्र सम्बन्धमाथि कलङ्क पोतेकी छिन् । एमीले आफ्नो अपराध स्वीकार गरेपछि उनलाई अदालतले नौदेखि तीस वर्षको जेल सजाय सुनाएको छ । एमीले आफ्नो अपराध स्वीकार्दै अदालतसामु माफी मागे पनि अदालतले त्यो अस्वीकार गरेको थियो । एमीले फेसबुकमार्फत छोराको खोजी गरेर आफूसँगै राख्दा यस्तो जघन्य अपराध गर्न पुगेकी बुझिएको छ । कसरी यस्तो घटना घट्न पुग्यो आफूलाई थाहा नभएको बताउँदै एमीले आफूले छोरासँग यौनसम्पर्क राखेको स्वीकारेकी छिन् । एमीले अदालतसामु आफू सहोदर आमा भएको छोरालाई थाहा भएको बताएकी छिन् । – नवीन उप्रेती