विष्ट बने करातेका पाँचौँ डान

विष्ट बने करातेका पाँचौँ डान


Bista

नेपाल सितोरियो कराते सङ्घले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव प्रदान गरेको छ । राखेपमा सुरु भएको २१औँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते प्रतियोगिताको उद्घाटनका अवसरमा सदस्यसचिव विष्टलाई सम्मानस्वरूप पाँचौँ डान प्रदान गरिएको हो । सदस्यसचिव विष्टलाई नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले मानार्थ पाँचौँ डानको प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै करातेका मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले पाँचौँ डानको पेटी लगाइदिएका थिए ।

सो अवसरमा सदस्यसचिव विष्टले आफूले पनि सानोमा केही समय कराते खेलेको स्मरण गर्दै आफैँले खेलेको खेलको डान प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुका साथै डान प्रदान गरेकोमा सितोरियो सङ्घलाई धन्यवाद दिएका थिए । उनले आठौँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेले ल्याएको नतिजालाई नेपालमै हुन लागेको १३औँ सागमा पुन: दोहोर्‍याउने सम्बन्धमा कराते महासङ्घले योजना पेस गरे त्यसमा सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।